काठमाण्डौं २२, साउन । कोरोना संक्रमण फेरि बढ्न थालेपछि सरकारले कक्षा १२ को परीक्षा स्थगित गर्ने संकेत गरेको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले यथास्थितीमा परिक्षा सञ्चान गर्न नसकिने सिफारिस गरेको हो ।
स्वास्थ्य राज्यमन्त्री उमेश श्रेष्ठले परीक्षा स्थगन गर्न शिक्षा मन्त्रालय र कोभिड–१९ संकट व्यवस्थापन केन्द्र (सीसीएमसी) लाई सिफारिस गरेको जानकारी दिनुभयो । राष्ट्रिय परीक्षा बोर्डले यही साउन ३१ गतेदेखि कक्षा १२ को परीक्षा सञ्चालन गर्ने तयारी गरेको थियो।
चार लाख परीक्षार्थीले चार हजार ३३५ परीक्षा केन्द्रबाट करीब ९० विषयको परीक्षा दिने तालिका थियो।यस सम्बन्धमा छलफल गर्न राष्ट्रिय परीक्षा बोर्डले बैठक बोलाएको छ।