Nagarik Sawal

२०८३ कार्तिक १९ बुधबार

२०८३ कार्तिक १९ बुधबार

एमालेको नेपाल पक्षको केन्द्रीय कमिटीको बैठक आज पनि बस्दै


1.5K
Shares

एमालेको नेपाल पक्षको केन्द्रीय कमिटीको बैठक आज पनि बस्दै

काठमाण्डौ २२, साउन ।  नेकपा एमाले वरिष्ठ नेता माधवकुमार नेपाल पक्षको केन्द्रीय कमिटीको बैठक आज पनि चल्ने भएको छ । आजको बैठक बिहान ११ बजेपछि काठमाडौँको बुद्धनगरस्थित एक पार्टी प्यालेसमा सुरु हुने नेता मेटमणि चौधरीले बताउनुभयो ।

उहाँका अनुसार बैठकमा पार्टी एकताका लागि अध्यक्ष केपी शर्मा ओलीले अध्यक्ष पदबाट राजीनाका दिनुपर्ने, भएका गल्तीका लागि माफी माग्नुपर्ने लगायतका शर्त अघि सार्ने बारेमा छलफल भइरहेको छ ।

यही २४ गतेसम्ममा पार्टी एकताका लागि कुनै प्रगति नभएमा नयाँ पार्टी गठनका लागि पनि अघि बढ्ने बारेमा नेताहरूको विचार आएको उहाँले जानकारी दिनुभयो । हिजोको बैठकमा नेकपा एमाले कार्यदलका सदस्य भीम रावलले १० बुँदे एकता प्रस्तावबारे जानकारी गराउनुभएको थियो ।

प्रतिक्रिया

सम्बन्धित समाचार

ताजा अपडेट

© copyright 2026 and all right reserved to Nagarik Sawal | Site By : SobizTrend Technology