Nagarik Sawal

२०८३ कार्तिक २० बिहिबार

२०८३ कार्तिक २० बिहिबार

शिक्षक सेवा आयोगको कामकारबाहीका लागि बाटो खुल्यो


1.5K
Shares

शिक्षक सेवा आयोगको कामकारबाहीका लागि बाटो खुल्यो

काठमाण्डौ २१, साउन । सरकारले लामो समयदेखि रिक्त रहेको शिक्षक सेवा आयोगमा पदाधिकारी नियुक्त गरेको छ । बिहिबार बसेको मन्त्रीपरिषदको बैठकले लामो समयदेखि रिक्त रहेको शिक्षक सेवा आयोगको अध्यक्ष र दुई जना सदस्यलाई नियुक्त गरेको हो । आयोगको अध्यक्षमा पूर्वसचिव मधुप्रसाद रेग्मी, सदस्यहरूमा पूर्व सहसचिव डिल्लीराम रिमाल र पूर्व प्रधानाध्यापक नन्दकुमारी महर्जन रहनुभएको छ ।

पदाधिकारी सिफारिस भएको सात महिनापछि सरकारले अध्यक्षसहित दुई सदस्यलाई नियुक्त गरेको हो । मन्त्रिपरिषद्ले शिक्षक सेवा आयोगमा पदाधिकारी नियुक्ति गरेसँगै स्थायी शिक्षक पदपूर्ति, बढुवा र स्थायी अध्यापन अनुमतिपत्र (लाइसेन्स) परीक्षाको बाटो खुलेको छ ।

आयोगका प्रशासकीय प्रमुख दिनेशकुमार श्रेष्ठले पदाधिकारीको पद बहालीसँगै स्थायी पदपूर्ति, बढुवा र लाइसेन्स परीक्षाको काम सुरु हुने बताउनुभयो । आर्थिक वर्ष २०७४÷७५ देखि स्थायी शिक्षक पदपूर्तिका लागि विज्ञापन भएको छैन ।

प्रतिक्रिया

सम्बन्धित समाचार

© copyright 2026 and all right reserved to Nagarik Sawal | Site By : SobizTrend Technology