Nagarik Sawal

२०८३ साउन २१ बिहिबार

२०८३ साउन २१ बिहिबार

एमाले माधव नेपाल पक्षको केन्द्रिय कमिटिको बैठक बस्दै : के के गर्ला निणर्य ?


3.4K
Shares

एमाले माधव नेपाल पक्षको केन्द्रिय कमिटिको बैठक बस्दै : के के गर्ला निणर्य ?

काठमाण्डौ २१, साउन ।  नेकपा एमालेका वरिष्ठ नेता माधवकुमार नेपाल समूहको केन्द्रीय कमिटी बैठक बस्दैछ । अहिले बिहान ११ बजे बुद्धनगरस्थित क्वालिटी ब्याङ्क्वेटमा बैठक बस्नेछ ।

बैठकका लागि राजधानी बाहिर रहेका केन्द्रीय सदस्यहरू समेत काठमाडौं आएका छन् । संसद् पुनस्र्थापना र शेरबहादुर देउवा नेतृत्वमा नयाँ सरकार बनेपछि पहिलो पटक नेपाल समूहको केन्द्रीय कमिटी बैठक बस्न लागेको हो ।

राजनीतिक घटनाक्रमबारे नेतृत्वले ब्रिफिङ गर्ने र केन्द्रीय सदस्यहरुको धारणा बुझ्न बैठक बोलाइएको केन्द्रीय सदस्य मेटमणी चौधरीले जानकारी दिनुभयो । तर एमाले केन्द्रीय कार्यालय सचिव शेरबहादुर तामाङले वक्तव्य जारी गरी आजको बैठक अनधिकृत भएको बताउनुभएको छ ।

नेपाल समूह पार्टी फुटाउने गरी अघि बढेपनि कोही पनि पार्टीको घेरा भन्दा बाहिर नजाओस् भनेर कारबाही नगरिएको तामाङले बताउनुभयो । तर सरकारमा सहभागि हुने गरी निर्णय गरे त्यो जघन्य अपराध हुने र त्यसै अनुसार कारबाही गरिने तामाङले सीआईएनसँग बताउनुभयो ।

प्रतिक्रिया

सम्बन्धित समाचार

ताजा अपडेट

© copyright 2026 and all right reserved to Nagarik Sawal | Site By : SobizTrend Technology