Nagarik Sawal

२०८३ साउन २१ बिहिबार

२०८३ साउन २१ बिहिबार

विप्लवका कार्यकर्ता पक्राउ गर्न प्रहरीद्धारा ‘हवाईफायर’, ५ जना पक्राउ


3.3K
Shares

विप्लवका कार्यकर्ता पक्राउ गर्न प्रहरीद्धारा ‘हवाईफायर’, ५ जना पक्राउ

संखुवासभाको चैनपुरबाट नेत्रविक्रम चन्द विप्लब नेतृत्वको नेकपाका कार्यकर्ता पक्राउ गर्न प्रहरीले हवाई फायर गरेको छ । गस्तीमा रहेका प्रहरी टोलीलाई देख्नसाथ शंकास्पद गतिविधि गर्दै प्रहरीमाथि आक्रमण गरेपछि हवाईफायर गरी विप्लवका ५ जना कार्यकर्तालाई नियन्त्रणमा लिइएको प्रहरीले जनाएको छ ।

पक्राउ पर्नेमा चैनपुर नगरपालिका–४, दोभानेका अग्नि भनिने सन्तोष तामाङसहित पाँचजना रहेका छन् । प्रहरीले उनिहरुको साथबाट विस्फोटक पदार्थ समेत बरामद गरेको छ ।

संखुवासभाका विभिन्न स्थानमा आगजनी र बम विस्फोट गराउनेको खोजी गर्नेक्रममा उनीहरुलाई चैनपुर नगरपालिका–१, गुफापोखरीबाट पक्राउ गरिएको प्रहरी नायव उपरीक्षक मिमबहादुर लामाले जानकारी दिनुभयो ।

उनीहरुको साथबाट रेडबुल बम, सकेट बम, विस्फोटमा प्रयोग हुने सेफ्टी फ्युजलगायत सामग्री बरामद गरिएको जनाइएको छ ।

यही फागुन २ गते पक्राउ परेका उनीहरुलाई प्रहरीले मंगलबार सार्वजनिक गरेको हो । पक्राउ परेकामाथि थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।

प्रतिक्रिया

सम्बन्धित समाचार

ताजा अपडेट

© copyright 2026 and all right reserved to Nagarik Sawal | Site By : SobizTrend Technology