गोरखा २०, साउन । जनता समाजबादी पार्टीले हिमाल पारीको गाउँ भनेर चिनिने उत्तरी गोरखाको चुमनुब्री गाएापालिका भित्रका युवा बिधार्थी तथा उद्यमी व्यवसायीहरु रहेको चुमनुब्री काठमाण्डौं सम्र्पक समिति गठन गरेको छ । एक कार्यक्रममा बिच भेलाको आयोजना गरि समिति गठन गरिएको हो ।
पार्टी राष्ट्रिय अध्यक्ष तथा पूर्वप्रधानमन्त्री डा. बाबुराम भट्टराई उपस्थितीमा सम्र्पक समिति गठन गरेको हो । समितिको संयोजकमा कर्मासन्डु लामालाई चयन गरिएको जनाइएको छ ।
भेलालाई सम्बोधन गर्नुहुदै पूर्वप्रधानमन्त्री डा. भट्टराईले डेढ महिना अघिदेखि बुढीगण्डकीको बाढीपहीरोले उत्तरी गोरखामा मान्छे र खच्चर हिड्ने बाटो समेत बगाउॅदा चुमनुब्रीका १२ हजार भन्दा बढी नागरिक संकटमा परेकोमा भन्दै चिन्ता व्यक्त गर्नुभयो ।
उहाँले सरकारलाई छिटो बाटो मर्मत गर्न र पिडित नागरिकहरुलाई राहात प्रदान गर्न माग गर्नुभयो ।