Nagarik Sawal

२०८३ कार्तिक २० बिहिबार

२०८३ कार्तिक २० बिहिबार

महाकालीमा युवक बेपत्ता भएको घटनाको छानबिन गर्न नेता नेपालको माग


3.6K
Shares

महाकालीमा युवक बेपत्ता भएको घटनाको छानबिन गर्न नेता नेपालको माग

काठमाण्डौं १६ साउन ।  नेकपा एमालेका वरिष्ठ नेता माधवकुमार नेपालले दार्चुलामा तुइन तर्ने क्रममा युवक महाकालीमा बेपत्ता भएको घटनाको छानबिन गर्न माग गर्नुभएको छ । आज अखिल फोर्सको कार्यक्रममा उहाँले घटनामा लापरबाही गर्ने जोसुकै भए पनि कारबाही हुनुपर्ने बताउनुभयो ।

घटनाको छानबिन गरी दोषीलाई दण्डित गर्ने काममा उहाँले भारत सरकारको ध्यानाकर्षण गराउनुभयो । हिजो दार्चुलामा नदी तरिरहेका बेला एसएसबीले तुइनको डोरी काट्दा ब्याँस गाउँपालिकाका युवक जयसिंह धामी नदीमा खसेर बेपत्ता हुनुभएको छ ।

प्रतिक्रिया

सम्बन्धित समाचार

© copyright 2026 and all right reserved to Nagarik Sawal | Site By : SobizTrend Technology