काठमाडौं १६, साउन । नेकपा माओवादी केन्द्रकी एक सांसद सम्र्पक बिहिन भएकी छिन् । लुम्बिनी प्रदेशसभाकी सांसद विमला खत्री वली ३ दिनदेखि पार्टीको सम्र्पक बाहिर रहेको माओबादी केन्द्रले जनाएको छ । उपनिर्वाचनमा दाङबाट उनी लुम्बिनी प्रदेशसभाका लागि निर्वाचित हुनुभएको हो ।
नेकपा हुदा निर्वाचित हुनुभएकी सांसद वली अदालतको फैसलाबाट पार्टी बिभाजन भएपछि वलीले माओबादी केन्द्र रोज्नुभएको थियो । अहिले नेकपा एमाले प्रवेश गरेको हुनसक्ने अनुमान गरिएको छ ।
किनकी लुम्बिनी प्रदेशका मुख्यमन्त्री शंकर पोखरेलले विश्वासको मत लिने तयारी गरिरहनु भएका बेला वली सम्पर्क बिहिन हुनुलाई शकांको दृष्टिले हेरिएको छ । ।सांसद वलीलाई बैठकमा सहभागी हुन सम्पर्क गर्दा उनी सम्र्पकमा नआएको एक नेताले जानकारी दिएका छन् ।