Nagarik Sawal

२०८३ कार्तिक १९ बुधबार

२०८३ कार्तिक १९ बुधबार

गोरखाको दुई पालिका पहिरोले क्षतबिछेद भएको भन्दै सांसद अधिकारीद्धारा सरकारको ध्यानकर्षण


5.1K
Shares

गोरखाको दुई पालिका पहिरोले क्षतबिछेद भएको भन्दै सांसद अधिकारीद्धारा सरकारको ध्यानकर्षण

गोरखा १३, साउन । गोरखा क्षेत्र नम्बर १ का प्रतिनिधिसभाका सांसद हरिराज अधिकारीले जेठको अन्तिम सातादेखि भएको भीषण बर्षाले उत्तरी गोरखाको दुई गाउँपालिका बाढी र पहिरोले क्षतबिछेद बनाएको भन्दै सरकारको ध्यानकर्षण गराउनु भएको छ । प्रतिनिधिसभाको मंगलबार बसेको बैठकमा सांसद अधिकारीले सांसद अधिकारीले  सरकारको ध्यानकर्षण गराउनु भएको हो ।

‘बुढीगण्डकीको किनारै किनार माथि जानुपर्ने बाटोहरु सवै भत्किएका छन्, उहाँले भन्नुभयो, खच्चडहरुद्धारा खाद्यान्य लगायतका सामाग्री ओसारपोसार गर्ने बाटो पनि अबरुद्ध भएको छ ।’ उहाँले दुई गाउँपालिकाका धेरै जस्तो बस्तिहरुमा पहिरो गएको भन्दै भुर्गव बिभाग तथा गृहको प्रकोप प्राधिकरणको टोली गएर केही ठाउँको अध्ययन गरेपछि अझै केही ठाउँको अध्ययन गर्नुपर्ने आबश्यकता रहेकोमा जोडदिनुभयो ।

सांसद अधिकारीले जोखिममा रहेको क्षेत्रहरुलाई तत्काल बिशेष प्रभावित क्षेत्र घोषणा गर्न माग गर्दै पहिरो नियन्त्रण, बस्ती स्थानान्तरण तथा नदी नियन्त्रणको योजना निर्माणका लागि सरकारको ध्यानकर्षण गराउनु भयो । ‘कतिमान्छे स्थानान्तरण भएर अहिलेपनि पालमुनि बस्न बाध्य भएका छन्, सांसद अधिकारीले भन्नुभयो, मैले नै हेरेर आएको छु एउटै घरको मान्छे भत्किएको घरमा बसेका छन्, एउटा टोलबाट अर्को टोलमा जान सक्ने अबस्था छैन ।’

उहाँले त्यस क्षेत्रमा अहिले खाद्यान्यको समेत अभाव हुन थालेको समेत जानकारी गराउनुभयो । ‘तिब्बत तिरबाट कोरोनाका कारण सामान ढुवानी गर्न सक्ने अबस्था छैन, सांसद अधिकारीले भन्नुभयो, तलबाट लैजान अहिले खच्चड हिड्न सक्ने अबस्था पनि नभएकाले समस्या भइरहेको छ ।’ उहाँले हवाई र पैदल बाहेकको अन्य बिकल्प नभएकाले गोरखाको दुई वटा गाउँपालिकालाई प्राकृतिक प्रकोप क्षेत्र घोषण गरि काम गर्न माग गर्नुभयो ।

प्रतिक्रिया

सम्बन्धित समाचार

ताजा अपडेट

© copyright 2026 and all right reserved to Nagarik Sawal | Site By : SobizTrend Technology