काठमाण्डौ ११, साउन । ऊर्जा, जलस्रोत तथा सिचाइँ मन्त्री पम्फा भुसालले गरिबीको रेखामुनि रहेका जनतालाई निःशुल्क विद्युत् उपलब्ध गराउने बताउनुभएको छ । आज सिंहदरवारस्थित आफ्नै कार्यकक्षमा पत्रकार सम्मेलन गरी उहाँले गरिबीको रेखामुनि रहेका जनतालाई निःशुल्क विद्युत् उपलब्ध गराउने बताउनुभएको हो ।
मन्त्री भुसालले गरिबीमा रहेका जनतालाई निःशुल्क विद्युत दिने अवधारणा अघि सारेपनि निर्णय भने भइन सकेको स्पष्ट पार्नुभयो । यो आफ्नो निर्णय नभई अवधारणा भएको उहाँले बताउनुभयो । मन्त्री भुसालले विद्युत महसुल सस्तो बनाउने योजना पनि अघि सारेको जानकारी पनि दिनुभयो ।
मन्त्री भुसालले विद्युत उत्पादन बढाउन निजी क्षेत्रसँग सहकार्य गरेर अघि बढने प्रतिवद्धता पनि जनाउनुभयो । मन्त्री भुसालले कृषि योग्य सबै जमिनमा सिँचाइको व्यवस्था गर्ने पनि धारणा राख्नुभयो ।