Nagarik Sawal

२०८३ कार्तिक २० बिहिबार

२०८३ कार्तिक २० बिहिबार

अबैध लागुऔषध कोकिन ओसारपसारका नाइके गोरखा युवक पक्राउ : को हुन गोरखाका अरु ४ जना


11.1K
Shares

अबैध लागुऔषध कोकिन ओसारपसारका नाइके गोरखा युवक पक्राउ : को हुन गोरखाका अरु ४ जना

काठमाडौं, १० साउन । प्रहरीले अबैध कोकिन नामक लागु औषध ओसारपसारका नाइके गोरखा एक युवकलाई पक्राउ गरेको छ । नेपाल प्रहरीको लागूऔषध नियन्त्रण ब्यूरो काठमाडौंको विशेष टोलीले एक किलो कोकिनसहित गोरखाका सुरज गुरूङलाई चितवनबाट पक्राउ गरेको हो ।
गत शुक्रबार ५ सय ग्राम कोकिनसहित काठमाडौं महानगरपालिका– १६ पकनाजोलबाट चार जनालाई पक्राउ गरेको ३ दिनपछि सुरज गुरुङलाई एक किलो कोकिनसहित ब्यूरोको विशेष टोलीले पक्राउ गरेको हो।

प्रहरी स्रोतका अनुसार कोकिनको ओसारपोसार गर्ने गिरोहको नाइके गुरूङ नै हुन्। यसअघि पक्राउ परेका व्यक्तिहरूबाट बरामद भएको कोकिनपनि गुरूङकै भएको प्रहरीको दाबी छ।
पकनाजोलबाट पक्राउ पर्नेमा गोरखा गोरखा नगरपालिका ६ स्थायी घर भई हाल काठमाडौंको नागार्जुन बस्ने २९ वर्षीय मुकुन्द खड्का, गोरखा नगरपालिका–८ का रेशमबहादुर राना, सुर्खेत गर्भाकोट नगरपालिका स्थायी घर भई काठमाडौं नागार्जुन बस्ने २८ वर्षीय नन्दलाल मान्त, गोरखा आरुघाट–६ स्थायी घर भई काठमाडौंको टोखा बस्ने ३२ वर्षीय प्रहरी जवान एकराज गुरुङ र गोरखा गण्डकीका मन गुरुङ छन्।

उनीहरुको साथबाट अवैध लागुऔषध कोकिन ५०० ग्राम, सुनजस्तो देखिने पहेँलो धातु २ किलो ४०० ग्राम बरामद गरिएको प्रहरीले जानकारी दिएको छ। प्रहरी स्रोतका अनुसार २ पटकमा बरामद गरिएको कोकिनको अन्तराष्ट्रिय बजार मुल्य कम्तिमा ३ करोड ३० लाख भन्दा बढी हुन्छ।

सुरुमा पक्राउ परेका व्यक्तिहरुको बयानपछि सुरज गुरुङलाई पछ्याउँदै जाँदा ब्यूरोको टोलीले आइतबार चितवनबाट पक्राउ गरेको हो।

प्रतिक्रिया

सम्बन्धित समाचार

© copyright 2026 and all right reserved to Nagarik Sawal | Site By : SobizTrend Technology