Nagarik Sawal

२०८३ साउन २१ बिहिबार

२०८३ साउन २१ बिहिबार

गोरखा सहित गण्डकी प्रदेश र प्रदेश नम्बर १ मा आज बर्षाको सम्भावना


9.8K
Shares

गोरखा सहित गण्डकी प्रदेश र प्रदेश नम्बर १ मा आज बर्षाको सम्भावना

काठमाण्डौ १०, साउन । मौसम पूर्वानुमान महाशाखाले आज देशका धेरै स्थानमा वर्षा हुने सम्भावना रहेको बताएको छ । महाशाखाले आज बिहान ६ बजे जारी गरेको मौसम पूर्वानुमान बुलेटिनअनुसार आज दिउँसो देशभर सामान्यदेखि पूर्णतया मौसम बदली रही धेरै स्थानमा हल्कादेखि मध्यमसम्म वर्षा हुने सम्भावना रहेको छ ।

प्रदेश नम्बर १ र गण्डकी प्रदेशका एक दुई स्थानमा भारी वर्षा हुने सम्भावना रहेको बुलेटिनमा उल्लेख गरिएको छ । बुलेटिनअनुसार आज राति पनि देशका धेरै स्थानमा हल्कादेखि मध्यमसम्म वर्षा हुने सम्भावना छ । बागमती, गण्डकी, लुम्बिनी र सुदूरपश्चिम प्रदेशका एक दुई स्थानमा भारी वर्षा हुन सक्ने महाशाखाले जनाएको छ ।

महाशाखाले आगामी २४ घण्टाका लागि चेतावनी तथा परामर्श जारी गर्दै पहाडी भूभूगमा भूक्षय, पहिरो तथा गेग्रान बहावको जोखिम रहेको हुनाले नदीनाला र खहरे खोलामा पानीको सतह बढ्न सक्ने भएकाले आवश्यक सतर्कता अपनाउन पनि हुन अनुरोध गरेको छ ।

प्रतिक्रिया

सम्बन्धित समाचार

ताजा अपडेट

© copyright 2026 and all right reserved to Nagarik Sawal | Site By : SobizTrend Technology