Nagarik Sawal

२०८३ कार्तिक १९ बुधबार

२०८३ कार्तिक १९ बुधबार

बिप्लब राजनितिक भेटघाट तिव्र : किन गर्दैछन यसरी सवै दलका नेतासंग भेट


8.6K
Shares

बिप्लब राजनितिक भेटघाट तिव्र : किन गर्दैछन यसरी सवै दलका नेतासंग भेट

काठमाण्डौं ९ साउन । नेत्रविक्रम चन्द बिप्लब नेतृत्वको नेपाल कम्युनिस्ट पार्टी नेकपाका नेताहरुले प्रधानमन्त्री, प्रमुख प्रतिपक्षि दलका नेता देखि सबै राजनितिक दलका शिर्ष नेताहरुलाइ भेटिरेहका छन् । राजनीतिक दलका नेताहरूसँग भेटवार्ता गर्ने क्रममा आज विप्लब सहितका नेताहरु जनता समाजवादी पार्टी जसपा नेपालका अध्यक्ष महन्थ ठाकुरकोमा पुगेका छन् ।

उनीहरूबीच लामो छलफल भएको छ । नेता खड्गबहादुर विश्वकर्मासँगै ठाकुरलाई भेट्न बिप्लब ठाकुर निवास पुग्नुभएको हो । चन्दले पछिल्लो समय राजनीतिक भेटवार्ता गर्दै आफ्नो एजेण्डा राख्दै आउनुभएको छ । चन्दले यसअघिको केपी शर्मा ओली नेतृत्व सरकारसँग गरेको सहमतिलाई कार्यावन्यनमा लैजान जोड दिइरहनुभएको छ ।

आफुसंग भएको तीन बुँदे सहमतीलाई अलपत्र नपारी कार्यावन्यनमा लैजान उहाँले नेताहरुलाइ भेटेर आग्रह गरिरहनुभएको छ । चन्द सहितका नेताहरुले यसअघि पनि प्रधानमन्त्री शेरबहादुर देउवा, एमाले अध्यक्ष, केपी शर्मा ओली, माओवादी अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड लगायत नेतासँग वार्ता गरिसकेका छन् । विप्लबले आजै एमाले नेता रामबहादुर थापा लाइ पनि भेट्नुभएको छ ।

प्रतिक्रिया

सम्बन्धित समाचार

ताजा अपडेट

© copyright 2026 and all right reserved to Nagarik Sawal | Site By : SobizTrend Technology