काठमाण्डौं ८, साउन । नेकपा एमालेका उपाध्यक्ष भीम रावलले प्रतिनिधिसभा सदस्य पदबाट दिएको राजनीति फिर्ता लिने भएका छन् । पार्टी भित्रका चर्को दबाब आएपछि रावल राजीनामा फिर्ता लिन तयार हुनुभएको हो ।
ओली समुह बाहेका गठबन्धनबाट प्रधानमन्त्री बन्नु भएका शेरबहादुर देउवालाई बिश्वासको मत दिन अस्विकार गर्दै उपाध्यक्ष रावलले संसद सभामुख समक्ष राजीनामा दिनुभएको थियो ।
राजीनामा फिर्ता लिन तयार भएपछि सचिवलयलाई अहिलेसम्म त्यस बारेमा कुनै जानकारी भने उहाँले गराउनु भएको छैन । पार्टी अध्यक्ष केपी शर्मा ओलीसंगको पटकपटकको छलफल पछि रावलले राजीनामा फिर्ता लिन लाग्नु भएको स्रोतको दावी छ ।