Nagarik Sawal

२०८३ कार्तिक १३ बिहिबार

२०८३ कार्तिक १३ बिहिबार

गण्डकीमा आज मन्त्रिमण्डल बिस्तार: माओबादीले टुंगो लगाएपनि काग्रेसले अझै सकेन मन्त्रि छान्न


3.4K
Shares

गण्डकीमा आज मन्त्रिमण्डल बिस्तार: माओबादीले टुंगो लगाएपनि काग्रेसले अझै सकेन मन्त्रि छान्न

गोरखा ८, साउन । गण्डकी प्रदेशमा आज मन्त्रिमण्डल बिस्तार हुने भएको छ । मूख्यमन्त्री कृष्णचन्द्र नेपालीले माओबादी केन्द्रका तर्फबाट ३ मन्त्रिलाई आफ्नो मन्त्रिमण्डलमा समावेश गर्ने तयारी गर्नुभएको हो । एमालेका पृथ्वीसुब्बा गुरुडको नेतृत्वको सरकारलाई ढालेर मुख्यमन्त्री बन्नुभएका नेपालीले सरकार बनेका झण्डै डेढ महिना पुग्ने लाग्दा समेत अझै मन्त्रीमण्डललाई पूर्णता दिनसक्नु भएको छैन ।

माओबादी केन्द्रले आफ्नो भागमा परेका थप ३ मन्त्रीको नामावली टुंगो लगाएपछि काग्रेसले अझै कसलाई मन्त्री बनाउने भन्ने निर्णय गर्न सकेको छैन । माओबादीले बिहिबार अर्थ मन्त्रीमा रामजी बराललाई बनाउन पठाउने भएको छ। त्यस्तै वन मन्त्रीमा दीपक चर्ती मगर र कृषि मन्त्रीमा चन्द्रबहादुर बुढालाई पठाउने निर्णय गरेपछि उहाँहरुको आज सपथको तयारी भएको हो ।

यसअघि माओबादीबाट स्वास्थ्य तथा जनसंख्या मन्त्रीमा मधुमाया अधिकारी नियुक्त भइसक्नु भएको छ । कांग्रेसले मुख्यमन्त्रीसहित भौतिक पूर्वाधार तथा विकास मन्त्रालय, शिक्षा, प्रविधि तथा सामाजिक विकास, पर्यटन तथा कानुन मन्त्रालय पाएको भएपनि ति मन्त्रालयमा कसलाई पठाउने भन्ने बिबाद चर्को छ । कांग्रेसबाट कुमार खड्का सामाजिक विकास मन्त्री भइसक्नु भएको छ ।

नयाँ सरकार गठन भएको लामो समयसम्म पनि सरकारले पूर्णता नपाउदा सरकार असफलता तर्फ धकेलिएको संकेत राजनीतिक बिश्लेषकहरुले गर्न थालेका छन् ।

प्रतिक्रिया

सम्बन्धित समाचार

ताजा अपडेट

© copyright 2026 and all right reserved to Nagarik Sawal | Site By : SobizTrend Technology