Nagarik Sawal

२०८३ कार्तिक १२ बुधबार

२०८३ कार्तिक १२ बुधबार

वर्षायाममा सरुवा रोगबाट बच्न चिकित्सकहरुको यस्तो छ सुझाव !


6.7K
Shares

वर्षायाममा सरुवा रोगबाट बच्न चिकित्सकहरुको यस्तो छ सुझाव !

काठमाण्डौं ८, साउन वर्षायाममा झाडापखाला, टाइफाइड, हेपाटाइटिस लगायतका रोग लाग्न सक्ने हुनाले सावधानी अपनाउनुपर्ने चिकित्सकहरूले बताएका छन् । निरन्तर झरी पर्ने भएकाले यो समयमा बाढी, पहिरो र डुबान हुँदा पानीको मुहान दुषित हुने र यसबाट सरुवा रोग फैलने खतरा हुने डा.दिपेश शाक्यले बताउनुभयो ।

नेपालमा बर्सेनि वर्षायाम लागेपछि लाखौँ मानिस प्रभावित हुन्छन् भने झाडापखाला लागेकै कारण एक सयभन्दा बढीको मृत्यु हुनेको गरेको सरकारको तथ्याङ्कले देखाउँछ । अहिले पनि झाडापखाला, पेट दुख्ने जस्ता समस्या लिएर अस्पतालहरूमा दैनिक ५० देखि एक सयसम्म बिरामी आउने गरेको चिकित्सकहरु बताउँछन् ।

वर्षा याममा लामखुट्टेको टोकाइ र अन्य किरा फट्याङ्ग्राको टोकाइबाट लाग्ने रोगको पनि खतरा हुने भएकाले सतर्क रहनुपर्छ । स्वस्थ खाना र पानीको प्रयोग गर्ने तथा सरसफाइमा ध्यान दिने हो भने बर्षाको समयमा लाग्ने सरुवा रोगबाट जोगिन सकिने डा शाक्यले बताउनुभयो । वर्षा यामको यो समयमा सरुवा रोगको जोखिम हुन सक्ने सम्भावना बढी भएको हुनाले सबै उमेर समूहका व्यक्तिले खानपानमा विशेष ख्याल गनुपर्ने चिकित्सकहरुको सुझाव छ ।

प्रतिक्रिया

सम्बन्धित समाचार

ताजा अपडेट

© copyright 2026 and all right reserved to Nagarik Sawal | Site By : SobizTrend Technology