Nagarik Sawal

२०८३ कार्तिक १९ बुधबार

२०८३ कार्तिक १९ बुधबार

गोरखाबाट माओबादी नेताको चेतावनी ‘हाँडीको मोसो लिएर सिंहदरबार आउन बाध्य नपारियोस’


9.8K
Shares

गोरखाबाट माओबादी नेताको चेतावनी ‘हाँडीको मोसो लिएर सिंहदरबार आउन बाध्य नपारियोस’

गोरखा ७ साउन । नेकपा माओबादी केन्द्रका गोरखा जिल्लाका एक नेताले मन्त्रीमण्डल बिस्तार गर्दा पुराना अनुहार धेरै देखिए राम्रो नहुने चेतावनी दिनुभएको छ । सामजिक सञ्जाल मार्फत माओबादी केन्द्रका नेता जगन्नाथ खनालले यो वा त्योवहानामा पुनःगुटको प्रेसर दिएर मन्त्री हत्याऊने “हस्को” आयो भने आफुहरु हाँडीको मुसो लिएर सिंहदरबार आउने चेतावनी दिनु भएको हो ।

‘प्रधानमन्त्रिको फेरबदलपछि सबैदलमा मन्त्री बन्नेको लाइन छ भन्ने सुनियो,नेतृत्वलाई सकस भन्ने पनि सुनियो पुराना अनुहार धेरै देखियो भने राम्रो हुनेछैन, यो वा त्यो वहानामा पुनः गुटको प्रेसर दिएर मन्त्री हत्याऊने “हस्को” आयो भने हाँडीको मुसो लिएर सिंहदरबार आउन बाध्य नपारियोस, भाला र लाठा लिएर गाउँप्रबेशमा निषेध गर्न नपरोस चेतना भया ।’ नेता खनालले आफ्नो फेसबुक स्टाटसमा लेख्नु भएको छ ।

 

प्रतिक्रिया

सम्बन्धित समाचार

ताजा अपडेट

© copyright 2026 and all right reserved to Nagarik Sawal | Site By : SobizTrend Technology