दार्चुला । भारतले आफ्नो नक्सामा राखेको कालापानी क्षेत्रको उपप्रधान तथा रक्षामन्त्री ईश्वर पोखरेलले आज हवाइ निरीक्षण गर्नु भएको छ ।
कालापानी क्षेत्रमा बाक्लो हिउँ परेका कारण हेलिकोप्टर ल्यान्ड हुन नसकेकोले उहाँले हवाइ निरीक्षण गर्नु भएको हो ।
दार्चुलामा रहनु भएको मन्त्री पोखरेलले केहीबेरअघि नेपाली सेनाको हेलिकोप्टर मार्फत कालापानी क्षेत्रको निरिक्षण गर्नु भएको हो ।
भारतले कालापानी, लिम्पियाधुरा र लिपुलेक आफ्नो नक्सामा राखेपछि नेपालमा उक्त भूभाग नेपालको रहेको भन्दै भारत विरुद्धमा प्रदर्शन समेत भएको थियो ।
यसअघि उपप्रधानमन्त्री पोखरेलले नेपालको भूमि एक इञ्च पनि नछाड्ने बताउनु भएको थियो ।
नेपाल सरकारले यसअघि नै छारुङ क्षेत्रमा सशस्त्र प्रहरीको बेसक्याम्प राख्ने निर्णय पनि गरिसकेको छ ।