काठमाण्डौ ४, साउन । पाकिस्तानमा सवारी दुर्घटना हुँदा ३० जनाको मृत्यु भएको छ । पाकिस्तानको पञ्जाब प्रान्तमा बस र ट्रक एक आपसमा ठोक्किदा ३० जनाको मृत्यु भएको र ४० जना घाइते भएका छन् ।
स्थानीय अधिकारीहरुका अनुसार दुर्घटना डेरा गाजी खानस्थित इन्डस हाइवेमा आज बिहान भएको हो । बीबीसीले लेखे अनुसार ४६ जना यात्रु क्षमता रहेको बसमा ७६ जना सवार थिए भने १५ जना बसको छतमा बसेका थिए ।
बसमा सवार अधिकांश यात्रुहरु उद्योगमा काम गर्ने मजदुरहरु रहेको पनि बताइएको छ ।