Nagarik Sawal

२०८३ कार्तिक २० बिहिबार

२०८३ कार्तिक २० बिहिबार

गोरखाका जनप्रतिनिधि अर्थमन्त्री भेट्न पुगे सिंहदरबार : घरगोठको मुआब्जामा ह्रास कट्टी नर्गन माग


9.4K
Shares

गोरखाका जनप्रतिनिधि अर्थमन्त्री भेट्न पुगे सिंहदरबार : घरगोठको मुआब्जामा ह्रास कट्टी नर्गन माग

गोरखा ४ साउन ।  गोरखा र धादिङको सिमानमा बन्न लागेको बूढीगण्डकी जलविद्युत आयोजना प्रभावित क्षेत्रका जनप्रतिनिधि सहितको स्थानीयको टोलिले तत्काल आयोजना अघि बढाउन आग्रह गरेका छन् । बुढीगण्डकी जलविद्युत आयोजना प्रभावितको तर्फबाट गोरखा क्षेत्र नम्बर १ का प्रतिनिधिसभाका सांसद हरिराज अधिकारीको नेतृत्वको टोलीले आइतबार अर्थमन्त्री जनार्दन शर्मा (प्रभाकर) संग भेटेर यस्तो आग्रह गरेका हुन् ।

मन्त्रालयमा आयोजित छलफल कार्यक्रममा बुढीगण्डकी सरोकार समितिका संयोजक जगन्नाथ खनालले आयोजनाको काम अघि बढाउन आग्रह गर्दै प्रभावित जनताको घरको ह्रासकट्टी नगर्ने माग गर्नुभयो । उहाँले आयोजना निर्माण हुने नहुने अन्यौलता बढेको भन्दै राष्ट्रिय गौरवको आयोजनालाई तत्काल निर्माण सुरु गर्नुपर्नेमा जोडदिनुभयो आइतबार सिंहदरबारमा अर्थमन्त्रीको ध्यानकर्षण गराउन पुगेका जनप्रतिनिधिसहितका सरोकारवालाहरूले बूढीगण्डकी आयोजनाले मुआब्जा वितरणमा ह्रासकट्टी गरेको विषयमा पनि अर्थमन्त्रीको ध्यानाकर्षण गराएका छन् ।

राह्रकट्टीको निर्णय खारेज नगरिए प्रभावित क्षेत्रका बासिन्दा थप मारमा पर्ने भन्दै यो समस्याको समाधान तत्काल हुनुपर्ने उनीहरुको धारणा थियो । छलफलमा प्रतिनिधिसभाका सांसद हरिराज अधिकारीले मुआब्जाको विषयमा कतिपय द्विविधा अझैपनि कायम रहेको भन्दै समस्या समाधान गरिनुपर्नेमा जोड दिनुभयो । उहाँले रासकट्टाको निर्णय जनतामारा रहेको उल्लेख गर्दै यसबारे अर्थमन्त्रीले निर्णय लिएर जनताको पक्षमा काम गर्नुपर्ने ध्यानाकर्षण गराउनुभयो ।

यसैगरी धादिङका सांसद जगत सिंखडाले पहिला पनि देउवा सरकारले स्वदेशी लगानीमा आयोजना बनाउने निर्णय गरेको र अर्थमन्त्रीको पनि ऊर्जा मन्त्री हुँदा यसमा उल्लेखनीय भूमिका रहेको स्मरण गर्दै फेरि अर्थमन्त्रीले पहल लिनुपर्ने बेला आएको बताउनुभयो । जवाफमा अर्थमन्त्री शर्माले आयोजना प्रभावित क्षेत्रका बासिन्दाको मागप्रति आफू सकारात्मक रहेको भन्दै यो विषयमा बुझेर उपयुक्त निर्णयमा पुग्ने बताउनुभयो ।

‘मलाई १५ दिनको समय दिनुस् सबै बुझेर तपाईँहरूलाई सकारात्मक निर्णय दिनेछु ।’ उहाँले भन्नुभयो । अर्थमन्त्रीसंगको छलफलमा गोरखाका तर्फका सहिद लखन गाउँपालिका अध्यक्ष रमेश थापामगर, वारपाक सुलिकोट गाउँपालिकाका अध्यक्ष विष्णु भट्ट, नेकपा माओवादी केन्द्र गोरखा जिल्ला अध्यक्ष लेख बहादुर थापामगर, माओवादी केन्द्र गण्डकी प्रदेश सदस्य दिपक तिमिल्सिना लगायतको उपस्थित थियो ।

 

प्रतिक्रिया

सम्बन्धित समाचार

© copyright 2026 and all right reserved to Nagarik Sawal | Site By : SobizTrend Technology