काठमाण्डौं ३, साउन । प्रधानमन्त्री शेरबहादुर देउवालाई ओली पक्षकै सांसदहरुले प्लोर क्रस गरेर बिश्वासको मत दिएका छन् । प्रधानमन्त्रीका अत्यन्तै बिश्वास पात्र मानिएको प्रेम आले, किसान श्रेष्ठ लगायतले प्लोर क्रस गरेर देउवालाई बिश्वासको मत दिएका हुन् ।
देउवालाई बिश्वासको मत दिने ओली पक्षका सांसदहरुमा हिरा केसी, पार्वती विसुंखे, कलिला खातुन, विनादेवी बुढाथोकी, धनबहादुर बुढा, समिमा हुसेन रहेको बताइएको छ ।
त्यस्तै देउवालाई एमालेका माधवकुमार नेपाल, विरोध खतिवडा, जीवनराम श्रेष्ठ, कल्याणी खड्का, मेटमणि चौधरी, भवानी खापुङ, मुकुन्द न्यौपानेले मत दिएका छन् । त्यस्तै गोपाल बम, विना बुढाथोकी, सरला यादव, पुष्पाकुमारी कर्ण, लक्ष्मी चौधरी, निरादेवी जैरु, रामकुमारी झाँक्री, कलिला खातुन, सविना हुसेन र कृष्णलाल महर्जन लगायतले पनि देउवालाई बिश्वासको मत दिइएको बताइएको छ ।