Nagarik Sawal

२०८३ कार्तिक १२ बुधबार

२०८३ कार्तिक १२ बुधबार

गोरखामा आइपुग्यो एक डोज मात्र लगाए पुग्ने कोरोना बिरुद्धको जोन्सन खोप


6.4K
Shares

गोरखामा आइपुग्यो एक डोज मात्र लगाए पुग्ने कोरोना बिरुद्धको जोन्सन खोप

गोरखा ३, साउन । गोरखामा एक डोज लगाएर पुग्ने कोरोना बिरुद्धको ”जोन्सन” खोप आइपुगेको छ । जिल्ला भित्रका करिब १० हजार भन्दा नागरिकलाई पुग्ने गरि जिल्लामा जोन्सन खोप ल्याइएको स्वास्थ्य कार्यालय गोरखाका कोल्डचेन निरीक्षक ऋषिराम खत्रीले जानकारी दिनुभयो ।

जोन्सन खोप भोलि (सोमबार) देखि नै लगाउन सुरु गर्ने उहाँको भनाई छ । यस अघि जिल्लामा ल्याइएको कोभिसिल्ड खोप भेरोसिल खोप प्रत्येक नागरिकले दुई डोज लगाउनु पर्ने थियो । सरकारले जोन्सन खोप ५० बर्ष माथिका नागरिक तथा अपांगता भएका क र ख परिचय पत्र भएका व्यक्तिहरुलाई लगाइने निरीक्षक खत्रीको भनाई छ ।

‘गोरखा नगरपालिकाले भोलि (सोमबार) देखि नै लगेर नागरिकहरुलाई खोप लगाउने तयारी गरिसकेको छ, उहाँले भन्नुभयो, अन्य स्थानीयतहहरुलाई पनि जानकारी गराउने क्रममा छौ ।’ जोन्सन खोप यस अघि बितरण गरिएकै आधारमा स्थानीयतहरुलाई उपलब्ध गराईने उहाँले बताउनुभयो ।त्यस्तै यस अघि प्राथामिकतामा परेर पनि छुट भएका नागरिकहरुलाई समेत जोन्सन खोप लगाइने कार्यालयले जनाएको छ ।

प्रतिक्रिया

सम्बन्धित समाचार

ताजा अपडेट

© copyright 2026 and all right reserved to Nagarik Sawal | Site By : SobizTrend Technology