Nagarik Sawal

२०८३ कार्तिक ११ मंगलबार

२०८३ कार्तिक ११ मंगलबार

दुई बर्ष नै जनताको जिबनस्तर उकास्न पर्याप्त समय होइन : नेकपा प्रबक्ता श्रेष्ठ


3.3K
Shares

दुई बर्ष नै जनताको जिबनस्तर उकास्न पर्याप्त समय होइन : नेकपा प्रबक्ता श्रेष्ठ

गोरखा ५, फागनु । नेपाल कम्युनिष्ट पार्टी (नेकपा) का प्रबक्ता नारायणकाजी श्रेष्ठले जनताको जिबनस्तर नै परिवर्तन गर्न दुई बर्षको समय पर्याप्त नभएको बताउनु भएको छ । गोरखाको सिराचोक गाउँपालिका–६ मा आइतबार आयोजित कार्यक्रमलाई सम्बोधन गर्नुहुदै उहाँले यस्तो बताउनु भएको हो । प्रबक्ता श्रेष्ठले सरकार बनेको दुई बर्षमा सवै कुराको बिकास सम्भब नभएको पनि बताउनुभयो । नेपालको अबको युग आर्थिक क्रान्तिको युग हुने पनि उहाँको भनाई छ । राजीतिक परिवर्तनलाई माध्यम बनाएर देशलाई आर्थिक क्रान्तिको प्रक्रिया अगाडी बढाउन दृढता पूर्वक सरकार अगाडी बढिरहेको बताउनुभयो ।

‘नेपाली जनताले देशको आर्थिक परिवर्तनका लागि नेपाल कम्युनिष्ट पार्टीलाई दुई तिहाईको मत दिएर सरकारमा पठाएको हो, प्रबक्ता श्रेष्ठले भन्नुभयो, ‘यसमा जनताको ठूलो आशा र भरोसा छ तर त्यो अहिले नै सवै पुरा गर्न सजिलो छैन ।’ उहाँले नेकपा नेतृत्वको सरकार गठन भएदेखि नै देशलाई आर्थिक सम्बृद्धिको दिशातर्फ लैजाने गरि योजनाबद्ध ढंगले बिकास निर्माणका काम अघि बढेको उल्लेख गर्नुभयो ।

नयाँ संबिधानले नागरिकहरुको मौलिक अधिकारहरुलाई संबिधानमा लिपिबद्ध गरिसकेको भन्दै उहाँले अब त्यसको प्राप्तिका लागि सरकारले काम शुरु गरेको बताउनुभयो । ‘मौलिक अधिकार संबिधानमा मात्र सिमित नगरी हरेक जनता भोग गर्न पाउने गरि दिलाउनका निम्ति कानुन बनाउने काम सकेका छौ ।’ प्रबक्ता श्रेष्ठले भन्नुभयो । उहाँले नयाँ सबिधान कार्यान्वयन गर्नु देशलाई आर्थिक सम्बृद्धिको नयाँ दिशा तर्फ लैजानु भएको बताउनुभयो

‘ठूलो राजनीति परिवर्तनपछि राजनीतिक क्रान्तिलाई सफल गरि देश आर्थिक क्रान्तिको युगमा प्रवेश गरेको छ, प्रबक्ता श्रेष्ठले भन्नुभयो, ‘ आर्थिक बिकासको दिशातिर देशलाई लैजानु नै आर्थिक क्रान्तिमा फड्को मार्नु हो, देशलाई सम्बृद्ध मुलुक बनाउनु हो, यसबाट आम नागरिकले उपभोग गर्न पाउने खालको नयां ढंगको बिकास हुन्छ ।’ हिजो राजतन्त्र थियो, सामान्तबाद थियो, हजारौ सहित बेपत्ता घाइतेहरुको बलिदानमा निरंकुसतन्त्र अन्त्य देशलाई नयाँ युगमा लैजान खोजिएको छ, त्यो युग भनेको नेपालका लागि आर्थिक क्रान्तिको युग हुनेछ ।’ उहाँले भन्नुभयो ।

सवैले प्राप्त गर्ने गरि आर्थिक क्रान्ति गर्न, बिकास प्रतिफल पाउने गरि आर्थिक सम्बृद्धिका लागि शिक्षाको क्षेत्रमा आमुल परिबर्तन आबश्यक रहेकामा उहाँले जोड दिनुभयो । शिक्षामा गुणात्मक परिवर्तन नगरेसम्म बिकासको पूर्वाधार खडा गर्न नसकिने प्रबक्ता श्रेष्ठको भनाई छ । उहाँले घरदैलोमा रहेका सामुदायिक बिधालय कलेजहरुले आमनागरिकलाई गुणात्मक शिक्षा प्रदान गर्न सकेमात्र शिक्षामा गुणात्मक बिकास भएको मान्न सकिने बताउनुभयो ।

प्रतिक्रिया

सम्बन्धित समाचार

ताजा अपडेट

© copyright 2026 and all right reserved to Nagarik Sawal | Site By : SobizTrend Technology