काठमाण्डौं १, साउन । सर्वोच्च अदालतको परमादेशसँगै सरकारको सिफारिसमा राष्ट्रपति विद्यादेवी भण्डारीले सङ्घीय संसद्को बैठक आह्वान गरेपछि त्यसको तयारी सुरु गरिएको छ । राष्ट्रपतिले साउन ३ गते अपरान्ह ४ बजे बस्ने गरी संसद् बैठक आह्वान गर्नुभएको छ ।
आज सभामुख अग्निप्रसाद सापकोटाले संसद् बैठकको तयारी, यसका लागि अपनाइएको स्वास्थ्य मापदण्डका सम्बन्धमा बानेश्वरस्थित संसद भवनका सभाकक्ष लगायतको स्थलगत अवलोकन गर्नुभएको छ ।
संसद बैठक तयारीका सन्दर्भमा आज सभामुख लगायत सांसदहरुको एन्टिजेन परीक्षण पनि गरिएको छ । संसद बैठक आह्वान भएपछि आवश्यक तयारी सकिएको संसद सचिवालयले जनाएको छ ।