काठमाडौं । नेकपाका उपाध्यक्ष वामदेव गौतमले जनयुद्ध जस्तो ठूलो बलिदान संसारको इतिहासमा कहि कतै नभएको बताउनु भएको छ । जनआन्दोलन र जनयुद्धका शहीदको स्मृतिमा आयोजित श्रद्धाञ्जलिसभामा बोल्दै उपाध्यक्ष गौतमले यस्तो बताउनु भएको हो ।
नेपालको जनयुद्धको घटना विश्व इतिहासमा विरलै हुने ऐतिहासक घटना भएको उल्लेख गर्नुहुदै उहाँले जनयुद्ध र जनआन्दोलनले सामन्तवादलाई परास्त गरेको र साम्राज्यवादलाई कमजोर बनाउने बताउनुभयो । ‘जनयुद्ध बलिदानको युद्ध हो, मुक्ति र सङ्घर्षको युद्ध हो, यति ठूलो बलिदान संसारको इतिहासमा भएको थिएन, ती शहीदहरुलाई सम्मान गर्दै अब हामीले बहुदलीय प्रतिस्पर्धाका आधारमा समाजवाद स्थापनामा लाग्नुपर्छ। उहाँले भन्नुभयो ।