Nagarik Sawal

२०८३ कार्तिक १२ बुधबार

२०८३ कार्तिक १२ बुधबार

गोरखाका सांसद बस्नेतले संसद बैठकमा पहिला आफै बस्ने टेवल उचालेर फाले


3.7K
Shares

गोरखाका सांसद बस्नेतले संसद बैठकमा पहिला आफै बस्ने टेवल उचालेर फाले

गोरखा ३१, असार । गोरखाबाट प्रदेशसभामा निर्वाचित सांसद रामशरण बस्नेत प्रदेशसभाको बैठक कक्ष भित्रको टेवल उचालेर फालेका छन् । बुधबार प्रदेशसभाको बैठकबाट चालु अर्थिक बर्ष २०७८ ०७९ को बजेट पारित गर्ने क्रममा सभामुख नेत्रनाथ अधिकारीले बिनियोजना बिद्येयक प्रस्तुत गर्न समयदिएपछि उत्तेजनामा आएका बस्नेतले आफै मन्त्री भएका बेला बस्दै आएको टेवल उचालेर फालेका हुन् ।

आफ्ना १० बुदेँ माग सहित सदन अबरुद्ध गदै आएको एमालेले आफ्ना माग पुरा नभएसम्म सदन चल्न नदिने अडान लिदै आएको थियो । माग पुरा नभएको भन्दै एमालेले हिजो मात्र ४ पटक सदन अबरुद्ध गरेको थियो । लगातार सदन अबरुद्ध गरेपछि सभामुख अधिकारीले मार्सल लगाएर सदन सूचारु गर्नुभएको थियो । सोही क्रममा बिरोधमा उत्रिएका एमाले सांसदहरुले चर्को नाराबाजी गर्न थालेका थिए । त्यही क्रममा गोरखाका सांसद बस्नेत अघि अघि बढदै आफै मन्त्री हुदा बस्ने गरेको टेवल उचालेर भुई पछारेका हुन् ।

सांसद बस्नेतको यो हर्कत सामाजिक सञ्जालमा बाहिरिएपछि उनको अहिले चर्को आलोचना भइरहेको छ । सत्तापक्षका सांसदहरु र प्रतिपक्ष एमालेका सांसदहरु केहीबेर भनाभन भएको समेत भिडियो देखिन्छ । भिडियो एमाले सांसदले सत्ता पक्षका सांसदलाई संसदमै त को होस् भन्ने धम्क्याएको समेत सुनिन्छ ।

एमाले सांसदहरुले आफ्नो नेतृत्वको सरकारले ल्याएको राम्रा कार्यक्रमहरु समेत कटौती गरेको सत्तापक्षलाई आरोप लगाउदै आएका छन् ।

 

 

प्रतिक्रिया

सम्बन्धित समाचार

ताजा अपडेट

© copyright 2026 and all right reserved to Nagarik Sawal | Site By : SobizTrend Technology