Nagarik Sawal

२०८३ कार्तिक २० बिहिबार

२०८३ कार्तिक २० बिहिबार

कोरोना संक्रमणबाट थप १८ जनाको मृत्यु


1.8K
Shares

कोरोना संक्रमणबाट थप १८ जनाको मृत्यु

काठमाण्डौं ३०, असार ।नेपालमा कोरोना भाइरसको सङ्क्रमणका कारण थप १८ जनाको मृत्यु भएको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार गत २४ घन्टामा देशभर १८ जनाको कोरोनाका कारण मृत्यु भएको हो । योसँगै नेपालमा कोरोनाका कारण मृत्यु हुनेको संख्या ९ हजार ४ सय ३० पुगेको छ ।

यस्तै गत २४ घन्टामा थप २ हजार ९ सय ५ जनामा कोरोना भाइरसको सङ्क्रमण पुष्टि भएको छ भने १ हजार ६ सय ६ जना कोरोना सङ्क्रमणमुक्त भएका छन् । हाल नेपालमा सक्रिय सङ्क्रमितको संख्या २६ हजार ६ सय ४७ रहेको छ ।

जसमा २४ हजार ९९ जना होम आइसोलेसनमा छन् भने २ हजार ५ सय ४८ जना संस्थागत आइसोलेसनमा भर्ना भएका छन् । संस्थागत आइसोलेसनमा भर्ना भएकामध्य ५ सय ९९ जना आईसीयूमा उपचाररत भने १ सय ७२ जना भेन्टिलेटरमा भर्ना भएका छन् ।

प्रतिक्रिया

सम्बन्धित समाचार

© copyright 2026 and all right reserved to Nagarik Sawal | Site By : SobizTrend Technology