Nagarik Sawal

२०८३ कार्तिक ११ मंगलबार

२०८३ कार्तिक ११ मंगलबार

कार्यकक्षमा होइन, निवासमा बर्थडेको भोज भएको हो : मुख्यमन्त्री गुरूङ


3.1K
Shares

कार्यकक्षमा होइन, निवासमा बर्थडेको भोज भएको  हो : मुख्यमन्त्री गुरूङ

गण्डकी प्रदेशका मुख्यमन्त्री पृथ्वीसुब्बा गुरूङले सामाजिका सञ्जालमा कार्यकक्षमै मदिरा भोज गरेको भन्ने समाचारको खण्डन गर्नुभएको छ । शनिबारदेखि सामाजिक सञ्जालमा रक्सीको बोत्तल मुख्यमन्त्रीले हातमा लिएको फोटो र भिडियो सार्वजनिक भएपछि उहाँको सचिवालयले त्यसको खण्डन गरेको हो ।

मुख्यमन्त्री गुरूङ सचिवालयले कार्यकक्षमा नभई जन्मदिनमा निवासमा पारिवारिक जमघट भएको उल्लेख गरेको छ। सचिवालयका डिल्लीराम सिग्देलले आइतबार विज्ञप्ति निकालेर फागुन २ गते मुख्यमन्त्रीको जन्मदिन रहेको र उक्त दिन निवासमा साँझ पारिवारिक जमघट रहेको उल्लेख गर्नुभएको छ ।

सत्तारूढ नेपाल कम्युनिष्ट पार्टीका गण्डकी प्रदेश ईञ्चार्जसमेत रहेका मुख्यमन्त्री गुरूङले उक्त भिडियो सार्वजनिक भएपछि सो बिषयको चर्को आलोचना भएको छ । ‘गण्डकी प्रदेशका मुख्यमन्त्रीलाई जोडेर सामाजिक सञ्जाल र विभिन्न संचार माध्यममा सार्वजनिक भिडियो, फोटो र समाचारप्रति हाम्रो गम्भिर ध्यानाकर्षण भएको छ,’ सचिवालयद्धारा जारी विज्ञप्तिमा भनिएको छ, ‘फागुन २ मा मुख्यमन्त्रीज्यूको जेठानको परिवार बेलायतबाट आउनुभएको सन्दर्भमा पाहुना खानाको प्रबन्ध गरेको तथा उक्त दिन मुख्यमन्त्रीको जन्म दिनसमेत रहेकोले निवासमा साँझ पारिवारिक जमघटको व्यवस्था गरिएको हो ।’

सो क्रममा खिचिएका भिडियो र फोटाहरुलाई मुख्यमन्त्रीको सरकारी कार्यकक्षमै मदिरापान गरेको भन्दै सार्वजनिक गर्नु बिडम्बनापूर्ण छ।’ बिज्ञप्तीमा भनिएको छ । विज्ञप्तिमा गुरुङ जातिको संस्कार अनुसारको पारिवारिक जमघटको क्रममा कुनै मर्यादा विपरीत कार्य नभएको उल्लेख गरिएको छ। भोजगरिएको स्थान झण्डा भएकाले कार्यकक्ष नै भएको टिप्पणी गरिएको भएपनि त्यहाँ रहेको दराज भित्र भाडाकुडा समेत रहेकाले कार्यकक्ष नभई भान्सा नै भएको पुष्टी हुन्छ ।

प्रतिक्रिया

सम्बन्धित समाचार

ताजा अपडेट

© copyright 2026 and all right reserved to Nagarik Sawal | Site By : SobizTrend Technology