Nagarik Sawal

२०८३ साउन २१ बिहिबार

२०८३ साउन २१ बिहिबार

गोरखामा प्रधानन्यायधिस राणाको पुत्ला दहन


6.5K
Shares

गोरखामा प्रधानन्यायधिस राणाको पुत्ला दहन

नागरिक सवाल
गोरखा २९, असार । गोरखामा सर्वोच्च अदातलबाट भएको संसद पुर्नस्थापनको बिरोध गर्र्दै एमाले समर्थित जनबर्गिय संगठनले प्रधानन्याधिश चोलेन्द्र शम्सेर राणाको आज साँझ पुत्ला दहन गरेका छन् । एमालेका अनेरास्ववियु र युवा संघले संयुत्त रुपमा गोरखा सदरमुकाममा पुत्ला दहन गरेका हुन् ।

सदरमुकामको बिसौनी मोडदेसख सुरु भएको मसाल जुलुस संगै उनिहरुले लोकतान्त्रिक चोकमा पुगेर प्रधानन्याधिश शम्सेरको पुत्ला दहन गरेका थिए । मसाल जुलुसमा सहभागीहरुले आर्यघाटले के भन्छ चोलेन्द्रलाई ले भन्छ, नेकपा एमाले जिन्दाबाद, राष्ट्रिय युवा संघ जिन्दाबाद, अनेरास्वयु जिन्दाबाद, संवैधानिक सर्बोच्चता कायम गरौ, राष्ट्रिय गठबन्धन चाहिदैन, कानूनी शासन लागु गरौ जस्ता नारा लगाएका थिए ।

पुत्ला दहन पछी भएको कोण सभालाई नेकपा एमाले जिल्ला कमिटी सदस्य एवं युवा संघ स्थायी कमिटी सदस्य खिलबहादुर रानाले सम्बोधन गर्नुभएको थियो ।

प्रतिक्रिया

सम्बन्धित समाचार

ताजा अपडेट

© copyright 2026 and all right reserved to Nagarik Sawal | Site By : SobizTrend Technology