Nagarik Sawal

२०८३ कार्तिक ११ मंगलबार

२०८३ कार्तिक ११ मंगलबार

राप्रपालाई सिद्धान्तनिष्ठ र आदर्शबादी पार्टी बनाउछौ : कमल थापा


4.5K
Shares

राप्रपालाई सिद्धान्तनिष्ठ र आदर्शबादी पार्टी बनाउछौ : कमल थापा

काठमाडौं । राष्ट्रिय प्रजातन्त्र पार्टीका अध्यक्ष कमल थापाले बलियो एजेन्डाका बाबजुद संगठन कमजोर भएकोले अबको सम्पुर्ण ध्यान संगठन निर्माणमा केन्द्रित गर्नुपर्नेमा जोड दिनुभएको छ । काठमाडौं–५ क्षेत्रीय समितिद्वारा आयोजित कार्यक्रममा बोल्दै थापाले काठमाडौं –५ लाई संगठनको दृष्टिकोणले मुलुककै नमुना क्षेत्र बनाउन आग्रह गर्नुभयो।

हामिले तातै खाऔ भनेर अलि हतार गर्यौ, सरकारमा गएको आलोचना भयो, जनताले मन परायनन् , बिगतको गल्ती त्रुटि कमजोरीलाई सुधारेर अब राप्रपालाई सिद्धान्तनिष्ठ र आदर्शबादी पार्टी निर्माण गर्ने थापाले प्रतिबद्धता बताउनुभयो ।

काँग्रेस, कम्युनिष्टले पटक–पटक अबसर पाएर पनि असफलता प्राप्त गरेको भन्दै थापाले काङ्ग्रेस कम्युनिष्टको बिकल्पको रुपमा राप्रपालाई स्थापित गराउनुपर्ने आबश्यकता औल्याउनुभयो। मुलुकको धरातलिय यथार्थलाई मध्यनजर गर्दा राप्रपाले बोकेको नीति,बिचार र मार्गचित्र मुलुकको निमित्त उपयुक्त भएको थापाको जिकिर थियो ।

कार्यक्रममा पार्टीका कार्य सम्पादन समितिका सदस्य जयकुमार खड्का, केन्द्रीय सदस्य केशब रेग्मी, सुनिता कुरुङ्वाङ, प्रबल नरसिह राणा, सन्तोष अधिकारी , सुरज अधिकारी र तेज बहादुर गुरुङ लगायतले बोल्नु भएको थियो ।

प्रतिक्रिया

सम्बन्धित समाचार

ताजा अपडेट

© copyright 2026 and all right reserved to Nagarik Sawal | Site By : SobizTrend Technology