Nagarik Sawal

२०८३ साउन २१ बिहिबार

२०८३ साउन २१ बिहिबार

आज पनि देशभरको बर्षा हुने : कहाँ कस्तो छ मौसमको अबस्था यो हेर्नुहोस् !


8.3K
Shares

आज पनि देशभरको बर्षा हुने : कहाँ कस्तो छ मौसमको अबस्था यो हेर्नुहोस् !

काठमाण्डौं २८,असार : आज पनि देशभर मनसुनी वायुको प्रभाव रहेको छ । हाल प्रदेश १, बाग्मती प्रदेश र गण्डकी प्रदेशका केहि स्थानहरुमा र बाँकि प्रदेशका थोरै स्थानहरुमा मेघ घर्जन र चट्याङ्ग सहित हल्का देखि मध्यम वर्षा भैरहेको जल तथा मौसम पूर्वानुमान महाशाखाले जनाएको छ ।

आज दिउँसो समेत देशभरको मौसममा सामान्य देखि पूर्ण बदली रही धेरै स्थानहरुमा हल्का देखि मध्यम वर्षाको सम्भावना रहेको छ । प्रदेश १, बागमती प्रदेश, गण्डकी प्रदेश र सुदूरपश्चिम प्रदेशका १–२ स्थानमा मेघगर्जन र चट्याङ्ग सहित भारी वर्षाको सम्भावना रहेको महाशाखाले जनाएको छ ।

राती पनि प्रदेश १, बागमती प्रदेश र सुदूरपश्चिम प्रदेशका १–२ स्थानमा मेघगर्जन र चट्याङ्ग सहित भारी वर्षाको सम्भावना रहेको महाशाखाले उल्लेख गरेको छ ।

प्रतिक्रिया

सम्बन्धित समाचार

ताजा अपडेट

© copyright 2026 and all right reserved to Nagarik Sawal | Site By : SobizTrend Technology