Nagarik Sawal

२०८३ कार्तिक १३ बिहिबार

२०८३ कार्तिक १३ बिहिबार

पाकिस्तानलाई गोप्य दस्तावेज बेच्ने दुई भारतीय सैनिक पक्राउ


3.8K
Shares

पाकिस्तानलाई गोप्य दस्तावेज बेच्ने दुई भारतीय सैनिक पक्राउ

एजेन्सी २३, असार । पाकिस्तानलाई गोप्य दस्तावेज बिक्रि गरेको आरोपमा भारतले दुई सैनिकलाई पक्राउ गरेको छ । पाकिस्तानको गुप्तचर संस्था आईएसआईलाई ९०० वटाभन्दा बढी गोप्य कागजात उपलब्ध गराएको उनिहरुलाई पक्राउ गरिएको बताइएको छ । पक्राउ पर्नेमा हरप्रीत सिंह र गुरभेज सिंह भएको बताइएको छ ।

गुरभेजको कार्गिलस्थित १२१ इन्फ्यान्ट्री ब्रिगेड हेडक्वार्टरमा क्लर्क थिए र संवेदनशील दस्तावेजमा पहुँच थियो । उनले कारवाहीका विस्तृत विवरण तथा सैनिकहरूको गतिविधिका कागजात पनि पाकिस्तानलाई उपलब्ध गराएका थिए । उधमपुरमा रहेको नर्दन कमान्ड हेडक्वार्टर्समा गत फेब्रुअरी महिनामा डेटा ब्रीच भएको थियो ।

त्यसक्रममा विभिन्न संवेदनशील दस्तावेजहरू लीक गरिएका थिए । गत मे महिनामा लागूऔषध तस्करीको मुद्दामा अनुसन्धान हुँदा प्राप्त एक सूचनाको आधारमा पञ्जाब प्रहरीले ती सैनिकहरूलाई पक्राउ गरेको हो ।पञ्जाबका डीजीपी दिनकर गुप्ताका अनुसार, ती सैनिकहरूले गत फेब्रुअरी महिनादेखि चार महिनासम्म ९०० भन्दा बढी गोप्य कागजात आईएसआईका मानिससँग शेयर गरेका थिए । गोपी नाम गरेको कुख्यात लागूऔषध तस्करमार्फत सैनिकहरूले कागजात पाकिस्तान पठाएका थिए ।

प्रतिक्रिया

सम्बन्धित समाचार

ताजा अपडेट

© copyright 2026 and all right reserved to Nagarik Sawal | Site By : SobizTrend Technology