Nagarik Sawal

२०८३ कार्तिक ११ मंगलबार

२०८३ कार्तिक ११ मंगलबार

कलेजका छात्राहरुलाई अण्डरवेयर नै खोल्न लगाईएपछि….


1.7K
Shares

कलेजका छात्राहरुलाई अण्डरवेयर नै खोल्न लगाईएपछि….

भुज शहरमा रहेको एक कलेजका छात्राहरुलाई कथित जाँचको लागि भित्री वस्त खोल्न लगाएर उनीहरुलाई कतै महिनावारी त भएको छैन् भनेर चेकजाँच गरिएको कुरा बाहिर आएको छ । बिबिसी हिन्दीकाअनुसार भारतको गुजरातमा रहेको श्री सहजानंद गर्ल्स इंस्टीच्यूटका होस्टल प्रमुखले प्रिंसिपलसँग केही छात्राहरुले महिनावारी हुँदापनि छात्रावासको धार्मिक परम्पराको अवमुल्यन गरेको गुनासो पोखेका थिए ।

यही शिकायतपछि छात्रावासका छात्राहरुको स्वामीनारायण संप्रदायको नियमलाई लिएर जो जो छात्राहरु महिनावारीबाट गुज्रिरहेका छन् उनीहरु आफूहरुको सामुने आउन प्रिन्सिपलले निर्देशन दिएका थिए । स्वामीनारायण सम्प्रदायको नियमअनुसार महिनावारीको दौरान महिलाहरुलाई मन्दिर र भान्सामा जान मनाही गरिएको छ ।

तर, छात्रावासका छात्राहरुले यो घट्नाले आफूहरुमा मानसिक तनाब बढेको भन्दै आफूहरुलाई यो तनावमा पुर्याउन जिम्मेवार बनेका व्यक्तिहरुको विरुद्धमा कानूनी कारबाहीको माग गरिरहेका छन् भन्ने कुरा पनि बिबिसीले उल्लेख गरेको छ ।

प्रतिक्रिया

सम्बन्धित समाचार

ताजा अपडेट

© copyright 2026 and all right reserved to Nagarik Sawal | Site By : SobizTrend Technology