Nagarik Sawal

२०८३ कार्तिक २० बिहिबार

२०८३ कार्तिक २० बिहिबार

कोरोना संक्रमितको उपचार सरकारी अस्पताल र प्रतिष्ठानबाट मात्र हुने


3.9K
Shares

कोरोना संक्रमितको उपचार सरकारी अस्पताल र प्रतिष्ठानबाट मात्र हुने

काठमाण्डौं १६, असार । कोभिड–१९ सङक्रमितको निःशुल्क उपचार अब सरकारी अस्पताल र प्रतिष्ठानबाट मात्रै हुने भएको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका सहप्रवक्ता डा. समीरकुमार अधिकारीले एक विज्ञप्ति जारी गर्दै सरकारी अस्पताल र प्रतिष्ठानबाट मात्रै कोरोना सङ्क्रमितको निःशुल्क उपचार हुने बताउनुभएको हो ।

कोभिड–१९ को उपचारका लागि सेवा सम्झौता भएका मेडिकल कलेजहरुमा असार १४ गतेसम्म भर्ना भई उपचाररत सङ्क्रमितको सोही मितिले १० दिनसम्मको मात्रै सोधभर्ना उपलब्ध गराउने मन्त्रालयको विज्ञप्तिमा उल्लेख छ । निजी अस्पताल तथा मेडिकल कलेजहरुलाई सङ्क्रमितको उपचारमा सरकारले तोकभन्दा बढी शुल्क नलिन आग्रह समेत गरेको छ ।

सरकारले यसअघि विभिन्न निजी अस्पताल तथा मेडिकल कलेजहरुसँग सेवा सम्झौता गरी सङ्क्रमितको निःशुल्क उपचारको व्यवस्था मिलाएको थियो ।

प्रतिक्रिया

सम्बन्धित समाचार

© copyright 2026 and all right reserved to Nagarik Sawal | Site By : SobizTrend Technology