Nagarik Sawal

२०८३ कार्तिक २० बिहिबार

२०८३ कार्तिक २० बिहिबार

नेपालमा कोरोना संक्रमितको संख्या ५ लाख ५५ हजार नाध्यो


1.9K
Shares

नेपालमा कोरोना संक्रमितको संख्या ५ लाख ५५ हजार नाध्यो

काठमाण्डौं १४, असार । नेपालमा कोरोना भाइरसको सङ्क्रमणपछि निको हुनेको संख्या ५ लाख ८८ हजार नाघेको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार गत २४ घन्टामा देशभर रहेका सङ्क्रमितमध्ये ३ हजार ८ सय ५३ जना स्वस्थ भएका छन् । योसँगै नेपालमा कोरोना सङ्क्रमणपछि निको हुनेको संख्या ५ लाख ८८ हजार १ सय ८७ पुगेको छ ।

यो दर कुल सङ्क्रमितको ९२ दशमलव ६ प्रतिशत हो । नेपालमा पछिल्लो समय कोरोना सङ्क्रमणपछि निको हुनेको संख्या निरन्तर उकालो लाग्दै गएको छ । यस्तै गत २४ घन्टामा थप २ हजार ४ सय ४४ जना नयाँ सङ्क्रमित थपिएका छन् । मन्त्रालयको अद्यावधिक विवरण अनुसार ११ हजार ६ सय ४० कोरोना परीक्षण गर्दा उनीहरुमा कोरोना सङ्क्रमण पुष्टि भएको हो ।

यो सँगै नेपालमा कोरोना भाइरसका कारण सङ्क्रमित हुनेको संख्या ६ लाख ६८ हजार २ सय २१ पुगेको छ । यस्तै गत २४ घन्टामा ४२ जनाको कोरोनाका कारण मृत्यु भएको छ । योसँगै नेपालमा कोरोना सङ्क्रमणका कारण मृत्यु हुनेको संख्या ९ हजार ५१ पुगेको छ ।

प्रतिक्रिया

सम्बन्धित समाचार

© copyright 2026 and all right reserved to Nagarik Sawal | Site By : SobizTrend Technology