Nagarik Sawal

२०८३ कार्तिक २० बिहिबार

२०८३ कार्तिक २० बिहिबार

गोरखामा एमाले नेपाल–खनाल निकट १७५ सदस्सीय युवा संघ जिल्ला समिति गठन


4.4K
Shares

गोरखामा एमाले नेपाल–खनाल निकट १७५ सदस्सीय युवा संघ जिल्ला समिति गठन

गोरखा १२, असार । गोरखामा नेपाल कम्युनिष्ट पार्टी (एमाले) नेपाल–खनाल पक्षिय १७५ सदस्सीय युवा संघ नेपाल जिल्ला कमिटि गठन भएको छ । एमाले नेपाल खनाल पक्षका जिल्ला इन्चार्ज हरि काफ्लेको प्रमुख अतिथ्यतामा भएको भर्चुअल भेलाले शिवराज पौडेलको अध्यक्षता युवासंघ जिल्ला समिति गठन गरिएको हो ।

भेलाले संघको उपाध्यक्षमा निरज धले, सचिवमा अन्जन देवकोटा, कोषाध्यक्षमा इश्वर रेग्मीलाई चयन गरेको जनाइएको छ । त्यस्तै भेलाबाट २७ सदस्सीय सचिवालय समेत गठन गरेको संघले जनाएको छ । भेलामा नेपाल खनालका जिल्ला अध्यक्ष यादव बस्नेत, युवासंघका इन्चार्ज रेखा लोप्चन तामाङ लगायतको सहभागिता रहेको थियो ।

प्रतिक्रिया

सम्बन्धित समाचार

ताजा अपडेट

© copyright 2026 and all right reserved to Nagarik Sawal | Site By : SobizTrend Technology