Nagarik Sawal

२०८३ कार्तिक २० बिहिबार

२०८३ कार्तिक २० बिहिबार

एमाले प्रवेश गरेका नेतालाई पदमुक्त नगरेपछि माओबादी केन्द्रको आयोगलाई ध्यानकर्षण


4.6K
Shares

एमाले प्रवेश गरेका नेतालाई पदमुक्त नगरेपछि माओबादी केन्द्रको आयोगलाई ध्यानकर्षण

काठमाण्डौं ४, असार । एमाले प्रवेश गरेका माओवादी केन्द्रका नेतालाई पदमुक्त नगरिएको भन्दै नेकपा माओवादी केन्द्रले निर्वाचन आयोगको ध्यानाकर्षण गराएको छ । रामबहादुर थापा, टोपबहादुर रायमाझी सहित १८ जना जनप्रतिनिधि एमाले प्रवेश गरेपछि माओवादी केन्द्रले उनीहरुलाई पार्टीबाट निष्कासन गरेको थियो ।

तर आयोगले कारबाही गरेको भनी सूचना जारी नगरेपछि आयोग पुगेर ध्यानाकर्षण गराएको नेता लीलामणि पोखरेलले बताउनुभयो । विधानसम्मत प्रक्रिया पूरा गरेर कारबाही गरिएकालाई पदमुक्त नगरिएपछि यसबारे ध्यानाकर्षण गराएको उहाँले बताउनुभयो । तर प्रमुख आयुक्त दिनेश थपलियाले भने पदमुक्त गर्न आवश्यक कागजात नपुगेको बताउनुभएको थियो ।

प्रतिक्रिया

सम्बन्धित समाचार

ताजा अपडेट

© copyright 2026 and all right reserved to Nagarik Sawal | Site By : SobizTrend Technology