गोरखा १, असार । गण्डकी प्रदेश सरकारले आगामी आर्थिक वर्षका लागि कूल ३० अर्ब ३ करोड ९४ लाख रुपैयाँको बजेट सार्वजनिक गरेको छ । सरकारका अर्थमन्त्री समेत रहेका मुख्यमन्त्री कृष्णचन्द्र नेपालीले प्रदेश सरकारको बजेट तथा कार्यक्रम सार्वजनिक गरेको हो । जसमध्ये चालुतर्फ १३ अर्ब ६ करोड अर्थात् ४३ दशमलव ५ प्रतिशत विनियोजन गरेको मूख्यमन्त्री नेपालीले जानकारी दिनुभयो । त्यस्तै पुँजीगततर्फ कुल बजेटको ५५ दशमलव ७ प्रतिशत अर्थात १६ अर्ब ७३ करोड छुट्याइएको छ ।
मूख्यमन्त्री नेपालीले सार्वजनिक गर्नुभएको बजेट बक्तत्व्यमा गोरखाकोे च्याङ्लीमा कुमाल जातिको सङ्ग्रहालय निर्माण गर्न बजेट बिनियोजन गरिएको घोषणा गर्नुभएको छ । त्यस्तै गोरखाको आपँपिपल अस्पताललाई ५० शैयाको क्षमतामा बिकास गर्न पनि प्रदेश सरकारले बजेट बिनियोजन गरेको छ । आरुघाट रुइला नाकासम्म सडक बिस्तार, जनयुद्धका प्रथम सहिद दिलबहादुर रम्तेलको छात्रबृद्धि कार्यक्रम पनि प्रदेश सरकारको प्राथामिकतामा परेको छ ।
गण्डकी प्रदेश सरकारले कोभिड १९ र स्वास्थ्य क्षेत्रलाई प्राथमिकता दिँदै आगामी वर्ष २०७८÷७९ को लागि प्रदेश सभामा बजेट पेस गरेको छ । कोरोना उपचारलाई उत्कृष्ट बनाउने, अस्पतालहरूको स्तरोन्नति गर्दै स्वास्थ्य बीमा कार्यक्रमलाई सम्बोधन गरिएको छ । यसैगरी बजेटमा कोरोनाबाट प्रभावित क्षेत्रलाई पनि प्राथमिकता दिइएको छ ।
महिलाको स्तन, पाठेघरको क्यान्सर र आङ खस्ने समस्याको निःशुल्क उपचार गराउने, बेवारिसे बालबालिकाको संरक्षण र जेष्ठ नागरिकलाई पनि सम्बोधन गरिएको छ । पर्यटन, पूर्वाधार, कृषि, खेलकुदलाई पनि बजेटले प्राथमिकता दिएको छ ।
https://www.nagariksawal.com/wp-content/uploads/2021/06/budget-1.pdf