गोरखा ३१, जेठ । गोरखाको सहिद लखन गाउँपालिका ७ स्थित बुंकोट स्वास्थ्य चौकीलाई “वाईन टु वाटर नेपाल” स्वास्थ्य समाग्री हस्तान्तरण प्रदान गरेको छ । कोरोना संक्रमणको रोकथाम नियन्त्रण र न्युनीकरणका लागि गरिएको संस्थाले जनाएको छ ।
वडा कार्यालयको अनुरोधमा शैली चित्रकारको समन्वयमा काठमाडौको सहयोगमा स्वास्थ्य सामाग्री उपलब्ध गराएको वडाध्यक्ष शरण श्रेष्ठले जानकारी दिनभुयो ।

सो क्रममा बुंकोट स्वास्थ्य चौकीको लागी आर ओ ईलेक्ट्रिक फिल्टर १ थान, प्रति घण्टा ५०० लिटर पानी शुद्धिकरण गर्ने, ५०० लिटरको हिलट्याङ्क १ थान, स्टे«चर ५ थान, पिपिई ५० थान ९पुन प्रयोग गर्न मिल्ने, सर्जिकल ग्लोब्स ५०० जोडी लगायतका सामाग्रीहरु प्राप्त भएको उहाँले बताउनुभयो ।