काठमाडौं २९ जेठ । युरो कप २०२० सूरु भएको छ । यरो कपको १६ औं संस्करणको पहिलो खेलमा इटालीले टर्की बिरुद्ध ३ गोर गोल गर्दै बिजयी सुरुवात गरेको छ । खेलमा टर्कीले सान्तव्ना गोल समेत फर्काउन सकेन । इटालीको राजधानी रोमको ‘इस्टाडियो ओलम्पिको’मा भएको गए रातिको खेलमा घरेलु टोली इटालीले सहज जित बटुल्दै प्रतियोगितामा शानदार शुरुवात गरेको हो।
पहिलो हाफ बराबरीमा सकिएको खेलको दोस्रो हाफमा इटालीले तीन गोल गर्न सफल भएको हो। पहिलो हाफमा दुवै टिमबाट कुनै गोल हुन नसकेपनि दोस्रो हाफमा इटालीले खेललाई आफ्नो पक्षमा पार्न सफल भएको हो । दोस्रो हाफको ५३औं मिनेटमा टर्कीका डिफेन्डर मेरी डेमिरालले आत्मघाती गोल गर्दा इटालीले खेलमा अग्रता लिएको थियो।
त्यसपछि खेलको ६६औं मिनेटमा इटालीले अग्रता दोब्बर बनायो। फुल ब्याक स्पिनाजोलाको पासमा स्ट्राइकर सिरो इम्मोबिलेले ‘पोचर्स’ गोल गर्दा इटालीले अग्रता दोब्बर बनाएको हो। इटालीको लागि खेलमा लोरेन्जो इन्सिग्नेले तेस्रो गोल गर्न सफल भए। यसपटक भने इम्मोबिलेको पासमा नापोलीका स्ट्राइकर इन्सिग्नेले उत्कृष्ट गोल गर्दा इटालीले ३(० गोलको जित दर्ता गरेको हो। यस जितसँगै इटाली समुह ‘ए’को शीर्ष स्थानमा उक्लिएको छ।