Nagarik Sawal

२०८३ कार्तिक ११ मंगलबार

२०८३ कार्तिक ११ मंगलबार

यूरो कप १६ औं संस्करण आजदेखि सुरु, टर्की र इटालीबीच पहिलो खेल


6.7K
Shares

यूरो कप १६ औं संस्करण आजदेखि सुरु, टर्की र इटालीबीच पहिलो खेल

काठमाण्डौं २८, जेठ । यूरो कप २०२० फुटबल प्रतियोगिताको १६ औं संस्करण नेपाली समयानुसार आज शुक्रवारदेखि सुरु हुँदैछ । इटालीको रोममा हुन लागेको युरो कपमा टर्की र इटालीबीचको पहिलो प्रतिस्पर्धा हुनेछ ।

नेपाली समय अनुसार टर्की र इटालीबीचको खेल १२ः ४५ बजेदेखि सुरु हुने खेल तालिका रहेको छ । यसपटक यूरो कप युरोपका विभिन्न देशको ११ शहरमा आयोजना हुँदैछ । यूईएफएले यूरो कप लण्डन, आम्स्टरडम, बाकु, सेभिया, बुखारेस्ट, बुडापेस्ट, कोपनहेगन, ग्लास्गो, म्युनिख, रोम तथा सेन्ट पिटर्सवर्गमा आयोजना गर्दैछ ।

जुलाई ११ मा सम्पन्न हुने यूरो कपमा २४ टिमको सहभागिता रहेको छ । प्रतियोगिताको फाइनल खेल लण्डनको वेम्बली स्टेडियममा हुनेछ ।

प्रतिक्रिया

सम्बन्धित समाचार

ताजा अपडेट

© copyright 2026 and all right reserved to Nagarik Sawal | Site By : SobizTrend Technology