Nagarik Sawal

२०८३ कार्तिक ११ मंगलबार

२०८३ कार्तिक ११ मंगलबार

तालिवानीहरुसँगको शान्ति वार्तामा महत्वपूर्ण उपलब्धि हासिल: अमेरिकी विदेशमन्त्री


2K
Shares

तालिवानीहरुसँगको शान्ति वार्तामा महत्वपूर्ण उपलब्धि हासिल:  अमेरिकी विदेशमन्त्री

अमेरिकी विदेशमन्त्री माइक पोम्पेओले तालिवानीहरुसँगको शान्ति वार्तामा महत्वपूर्ण उपलब्धि हासिल भएको बताउनुभएको छ । दुवै पक्ष अफगानिस्तानमा जारी विवाद समाधानका लागि एक वर्षदेखि युद्ध विराम गरी वार्तामा संलग्न रहेका छन् । गत सेप्टेम्बरमा राष्ट्रपति डोनाल्ड ट्रम्पले अफगानिस्तानसँग वार्ता नहुने बताएपनि पछिल्ला दिनहरुमा भएका प्रयास सकारात्मक भएको अधिकारीहरुले बताएका छन् ।

राष्ट्रपति ट्रम्पले तालिवानीहरुसँगको पछिल्लो छलफलले वार्ताको वातावरण राम्रो बनेपनि निष्कर्षमा पुग्न चुनौती रहेको बताएका छन् । राष्ट्रपति ट्रम्पले हिंसाको अन्त्य नभएसम्म तालिवानीहरुलाई सहज रुपमा विश्वास गर्ने वातावरण तयार नहुनेसमेत स्पष्ट पार्नुभएको छ । सन् २००१ मा अमेरिकी सेनाले हस्तक्षेप गर्न थालेपछि तालिवानी र अमेरिकाबीच सम्बन्ध चिसिएको थियो ।

अफगानिस्तानमा हाल दश हजार भन्दा बढी अमेरिकी सेना रहेको बताइएको छ । सन् २००१ सेप्टेम्बर ११ मा अमेरिकामा भएको आक्रमणको एक महिनापछि अमेरिकी सेनाले हवाइ हमला गरेपछि इराकमा युद्ध सुरु भएको हो, अन्तराष्ट्रिय सञ्चार माध्यमहरूले खबर छापेका छन् ।

प्रतिक्रिया

सम्बन्धित समाचार

ताजा अपडेट

© copyright 2026 and all right reserved to Nagarik Sawal | Site By : SobizTrend Technology