गोरखा २४, जेठ । अखिल क्रान्तिकारीका गोरखा जिल्ला संयोजक सञ्जिव थापा मगर एमाले प्रवेश गर्नुभएको छ । थापामगरलाई एमाले गोरखा जिल्लाका सचिव कृष्ण नेपाली लगायतले पार्टी प्रवेश गराउनु भएको हो ।
उहाँले सामाजिक सञ्जाल मार्फत पनि अखिल क्रान्तिकारी र माओबादी केन्द्रको कुनै पनि जिम्मवारीमा नरहने घोषणा गर्नुभएको छ ।