Nagarik Sawal

२०८३ कार्तिक २० बिहिबार

२०८३ कार्तिक २० बिहिबार

गाउँगाउँका संक्रमित नागरिकको फोनबाट स्वास्थ्य अबस्था बुझ्दै प्रवक्ता श्रेष्ठ नेतृत्वको टिम


4.4K
Shares

गाउँगाउँका संक्रमित नागरिकको फोनबाट स्वास्थ्य अबस्था बुझ्दै प्रवक्ता श्रेष्ठ नेतृत्वको टिम

गोरखा २२, जेठ । गोरखाको बिभिन्न क्षेत्रमा पुगेर नागरिकहरुको कोरोना परीक्षण गरेको नेकपा माओबादी केन्द्रका प्रवक्ता नारायणकाजी श्रेष्ठ (प्रकाश) नेतृत्वको कोभिड भोलेन्टीयर्स सर्भिसले संक्रमण पुष्टी भएकाहरुको स्वास्थ्य अबस्थाको बारेमा जानकारी लिन सुरु गरेको छ । गोरखाका बिभिन्न धार्चे र चुमनुव्री गाउँपालिका बाहेका गाउँपालिकामा पुगेर संक्रमणको उच्च जोखिममा रहेरकाहरुको एन्टिजेन परीक्षणका क्रममा संक्रमण पुष्टी भएका संक्रमितहरुको टोलीमा संलग्न चिकित्सकहरुले स्वास्थ्य अबस्था बारेमा जानकारी लिन सुरु गरेको टिममा सदस्य सुरेशकाजी श्रेष्ठले जानकारी दिनुभयो ।

टोलीमा संलग्न डा.राकेश परियारले आफुहरुले एन्टिजेन परीक्षणका क्रममा संक्रमण पुष्टी भएकाहरुको स्वास्थ्य अबस्थामा सुधार भए नभएको बारेमा टेलिफोनबाट नै संल्लाह लिन सुरु गरेको जानकारी दिनुभयो । ‘संक्रमितहरुलाई परीक्षणका क्रममा हामीले औषधी सहितको परामर्स समेत प्रदान गरेर फर्किएका थियौ, डा. परियारले भन्नुभयो, ‘बिरामीहरुले नियमित औषधी खाए नखाएको, स्वास्थ्य अबस्थामा सुधार भए नभएको बारेमा टेलिफोनबाट जानकारी लिएर आबश्यक परामर्स पनि दिएका छौ ।’

संक्रमितहरुलाई टेलिफोनमा आइसोलेसनमा बसे नबसेको, घरमा अरुलाई समस्या भए नभएको बारेमा समेत जानकारी लिएको डा. परियारले जानकारी दिनुभयो । ‘संक्रमित मध्ये कतिपयले आफुहरुलाई खोकी लागेको, टाउको दुखेको जिउ दुखेको बताएका छन, उहाँले भन्नुभयो, ‘त्यस्ता बिरामीहरुलाई भाइवर, म्यासेन्जमा जोडर आबश्यक खानुपर्ने औषधीको बारेमा लेखेर पठाइदिएका छौ ।’

त्यस्तै मंकैसिंहमा संक्रमण पुष्टी भएकी एक महिलाको स्वास्थ्य अबस्था जटिल भएपछि रिफर गरिएका बिरामीको टेकु अस्पतालमा उपचार भइरहेको र उहाँको स्वास्थ्य अबस्था समेत सुधार आएपछि परिवारले खुशी भएको डा. परियारले बताउनुभयो । ‘मकैसिंङमा एक संक्रमितको भाइवर मार्फत एक्सरे हेरेर काउन्सिलिङ पनि ग¥यौ, उहाँले भन्नुभयो, दुर्बङमा परीक्षणका क्रममा संक्रमण पुष्टी भएकी महिलाको स्वास्थ्यमा अलि समस्या भएपनि अहिले ध्याल्चोक स्थित कोभिड अस्पतालमा उपचार भइरहेको उहाँको स्वास्थ्य अबस्थामा समेत सुधार भएको पाइएको छ ।’

सिभिएसको टोलीले संक्रमण पुष्टी भएका तर मोवाईल सम्र्पक हुन नसकेका बिरामीहरुको बारेमा भने स्थानीय स्वास्थ्य संस्थामा सम्र्पक गरि संक्रमितको अबस्था बारेमा जानकारी लिइएको बताउनुभयो । संक्रमितहरुलाई स्वास्थ्यमा समस्या आए जतिबेला पनि मोवाइल, ह्वास्स अफ तथा भाइवरमा सम्र्पक गर्न सक्ने व्यवस्था समेत गरिएको सिभिए टिमले जनाएको छ । उपचार गरेर गएका स्वास्थकर्मी आफैले टेलिफोनबाट गरेर स्वास्थ्य अबस्था बुझेपछि संक्रमितहरु समेत खुशी भएका छन् ।

मकैसिहंमा संक्रमण पुष्टी भएका एक संक्रमितले भन्नुभयो, ‘घरमै आएर उपचार पनि गरे, काठमाण्डौ पुगेर पनि फेरि तपाईलाई कस्तो छ भनेर सोध्दा खुशी नुहने कुरै भएन ।’ उहाँले स्वास्थ्यकर्मीहरु गाउँमै आएर स्वास्थ्य जाँच गरेर गएपछि आफु मात्र नभए परिवार पनि कोरोनाबाट सुरक्षित हुन पाएको बताउनुभयो । प्रवक्ता श्रेष्ठको नेतृत्वमा गोरखामा आएको सिभिएस टिमले दुई चरणमा कुल ९६८ जनाको एन्टिजेन परीक्षण गरेकोमा १८५ जनामा कोरोना पोजेटिभ देखिएको थियो ।

प्रतिक्रिया

सम्बन्धित समाचार

© copyright 2026 and all right reserved to Nagarik Sawal | Site By : SobizTrend Technology