Nagarik Sawal

२०८३ साउन २१ बिहिबार

२०८३ साउन २१ बिहिबार

कुबेतमा माटोको ढिस्कोले पुरिएर ६ नेपालीको मृत्यु


3.7K
Shares

कुबेतमा माटोको ढिस्कोले पुरिएर ६ नेपालीको मृत्यु

काठमाण्डौ । कुबेतमा माटोको ढिस्कोले पुरिएर ६ जना नेपालीको मृत्यु भएको छ । दुई जना घाइते भएका छन् । मृत्यु हुनेमा पाल्पाका एकबहादुर गाहा, सिराहाका गंगाराम चौधरी, ताप्लेजुङका बसन्त गुरुङ र दाङका श्याम नारायण चौधरी रहेको कुवेतस्थित नेपाली दूतावासले जनाएको छ ।

दूतावासका अनुसार मृतक अन्य दुई जनाको भने सनाखत हुन सकेको छैन । घटनामा धर्मेन्द्र कुमार शाह र मनोरथ मण्डल घाइते हुनुभएको छ । शाहको कुवेतस्थित जाहारा अस्पतालमा उपचार भइरहेको र मण्डल उपचारपछि कम्पनीमा फर्किइसक्नुभएको कुवेतस्थित नेपाली दूतावासले जारी गरेको विज्ञप्तिमा उल्लेख छ ।

निर्माणस्थलको ब्लक ५ मा ढल निर्माण गरिरहेका बेला माटो र ढुंगा मिसिएको ढिस्को खसेको बताइएको छ ।

प्रतिक्रिया

सम्बन्धित समाचार

ताजा अपडेट

© copyright 2026 and all right reserved to Nagarik Sawal | Site By : SobizTrend Technology