काठमाण्डौ २१, जेठ । नेकपा माओबादी केन्द्रका नेता तथा पूर्व सांसद बिष्णुलाल तामाङ (बिएल वाइबा) को निधन भएको छ । उच्च रक्तचाप र मधुमेहबाट पीडित वाइबाको उपचारको क्रममा झापाको दमकस्थित आम्दा अस्पतालमा बिहीबार साँझ ६ बजेर २० मिनेट जाँदा निधन भएको अस्पतालले जनाएको छ ।
नेता वाइबाको निधन प्रति पार्टीले भावपूर्ण श्रद्धान्जली अर्पण गरेको छ । पार्टी अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले वाइबाप्रति भावपूर्ण श्रद्धाञ्जली अर्पण गर्दै शोक सन्तप्त परिवारजनमा गहिरो समवेदना प्रकट गर्नुभएको छ । साथै वाइबाको निधनले नेपाली राजनीतिले सच्चा राष्ट्रवादी अग्रगामी नेता र कम्युनिष्ट आन्दोलनले आफ्नो अभिभावक गुमाएको अध्यक्ष प्रचण्डले उल्लेख गर्नुभएको छ ।