Nagarik Sawal

२०८३ कार्तिक २० बिहिबार

२०८३ कार्तिक २० बिहिबार

डेलीमेलको भ्रामक समाचार सच्याउन नेपाली दूतावास लण्डनको पत्र


3K
Shares

डेलीमेलको भ्रामक समाचार सच्याउन नेपाली दूतावास लण्डनको पत्र

नागरिक सवाल
काठमाण्डौं २१,जेठ (रासस) : लण्डनस्थित नेपाली दूतावासले बिहीबार यहाँको ‘डेलीमेल’ले प्रकाशित गरेको समाचारप्रति आपत्ति जनाएको छ । डेलीमेलले बेलायतीहरूको बिदालाई नेपाल भरियन्टको खतरामा परेको भनी समाचार प्रकाशन गरेको थियो ।

समाचार आधारहीन रहेको र नेपालमा अहिलेसम्म अल्फा (बी.१.१.७०, डेल्टा बी.१.७१२२०) भेरियन्ट फेला परेका छन् । यी दुवैको उत्पत्ति नेपालमा नभएको र विश्व स्वास्थ्य सङ्गठन (डब्लुएचओ) ले पनि नेपालमा नयाँ संस्करणको भेरियन्ट उत्पत्ति भएको भन्ने समाचारको खण्डन गरिरहेको दूतावासले जारी गरेको विज्ञप्तिमा भनिएको छ ।

यसका साथै दूतावासले डेलीमेललाई पत्र पठाएर आधारहीन समाचारलाई खण्डन गर्न र यसलाई सच्याउन अनुरोधसमेत गरेको विज्ञप्तिमा जनाइएको छ । विश्व स्वास्थ सङ्गठनले बिहीबार नै ट्वीटर ह्याण्डलमार्फत सार्स–कोभ–२ को तीन किसिमका भेरियन्ट फेला परेको र नेपालमा हाल डेल्टा मात्र पाइएको भनेको छ । साथै नयाँ किसिमको कुनै पनि भेरियन्ट भने फेला नपरेको उल्लेख गरेको छ ।

प्रतिक्रिया

सम्बन्धित समाचार

© copyright 2026 and all right reserved to Nagarik Sawal | Site By : SobizTrend Technology