काठमाण्डौ २०, जेठ । सरकारले नेपाल प्रेस काउन्सिलको अध्यक्षमा बालकृष्ण बस्नेतलाई नियुक्त गरेको छ। मन्त्रिपरिषद्को बिहिबार साँझ बसेको बैठकले बस्नेतलाई काउन्सिलको अध्यक्ष नियुक्त गर्ने निर्णय गरेको हो ।
बस्नेत लामो समय कान्तिपुर दैनिकमा काम गरेका नबनियुक्त अध्यक्ष बस्नेत दुई वर्षयता खुलानेपाल अनलाइनको सम्पादकका रुपमा कार्यरत हुनुहुन्थ्यो । सञ्चार तथा सूचना प्रविधि मन्त्री पार्वत गुरुङको सिफारिसमा बस्नेत काउन्सिल अध्यक्षमा नियुक्त हुनुभएको हो ।
बस्नेत र मन्त्री गुरुङको गृहजिल्ला दोलखा हो । बस्नेत यसअघि नेपाल टेलिभिजनको बोर्ड सदस्य समेत नियुक्त हुनुभएको थियो ।