Nagarik Sawal

२०८३ कार्तिक २० बिहिबार

२०८३ कार्तिक २० बिहिबार

काग्रेस प्रवक्ताको कडा जबाफ : कालो कोटमा होइन कालो सोचमा समस्या छ प्रधानमन्त्रीज्यू ?


2.4K
Shares

काग्रेस प्रवक्ताको कडा जबाफ : कालो कोटमा होइन कालो सोचमा समस्या छ प्रधानमन्त्रीज्यू ?

काठमाण्डौ १८, जेठ । नेपाली कागेसका प्रवक्ता बिश्वप्रकाश शर्माले प्रधानमन्त्री केपी शर्मा ओलीले न्यायाधीशमाथि गरेको टिप्पणी प्रति कडा प्रतिबाद गर्नुभएको छ । सामाजिक सञ्जाल ट्विट मार्फत प्रवक्ता शमाृले कालो कोटमा नभई कालो सोचमा समस्या भएको प्रधानमन्त्र प्रति टिप्पणी गर्नुभएको हो । उहाँले लेख्नु भएको छ ‘कालो कोटमा होइन कालो सोचमा समस्या छ प्रधानमन्त्रीज्यू ।

व्यक्तिको अभिव्यक्ति स्वतन्त्रताविरुद्ध शासकको भावनात्मक उत्तेजना सदैव निन्दनीय हुन्छ।’ सोमबार युवा संघको कार्यक्रममा प्रधानमन्त्री केपी शर्मा ओली कालो कोटधारी केही व्यक्तिले अदालतलाई कुन हैसियतमा पुर्‍याउँदैछन् भन्ने टिप्पणी गरेपछि शर्माले समस्या कालो कोटमा भन्दा कालो सोचमा समस्या रहेको जवाफ फर्काउनु भएको हो ।

संयुक्त वक्तव्य जारी गर्ने पूर्वप्रधानन्यायाधीशहरुलाई वर्तमान न्यायालयका कामकारबाहीमाथि हस्तक्षेपकारी ताण्डव गर्ने सडकमा भन्दै प्रधानमन्त्री ओलीले प्रश्न गनुृभएको थियो ।

प्रतिक्रिया

सम्बन्धित समाचार

ताजा अपडेट

© copyright 2026 and all right reserved to Nagarik Sawal | Site By : SobizTrend Technology