गोरखा १४, जेठ । गोरखामा गएराती देखि भारी बर्षा भइरहेको छ । पश्चिम बङ्गालको खाडीमा विकसित भएको चक्रवात ‘यास’का कारण गोरखा सहित देशभर हिजोदेखि बर्षा भइरहेको जल तथा मौसम पूर्वानुमान महाशाखाले जनाएको छ । बर्षाका कारण गोरखा जिल्लामा जनजिवन प्रभावित भइरहेको छ ।
राष्ट्रिय विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरणले मनसुन शुरु हुनुअघि नै धेरै पानी परी बाढी र पहिरोको जोखिम हुने भएकाले अबको तीन दिन उच्च सतर्क रहन आम समुदायमा अनुरोध गरेको छ ।
भोलि १५ गतेसम्म मौसममा असर पार्ने हुँदा सतर्कता अपनाउन अनुरोध गरिएको प्राधिकरणका प्रमुख अनिल पोखरेलले जानकारी दिनुभयो ।